बिहिबार, माघ १५, २०७७
जोडिनुहोस
  • होमपेज
  • भरतपुर
  • भरतपुर अस्पतालका मेसु डा.तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण
भरतपुर

भरतपुर अस्पतालका मेसु डा.तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण

चितवन।भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा.भोजराज अधिकारीले अस्पतालका मेसु डा.तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज (आइबार) विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा.अधिकारीले मेसुसहित प्रसुति विभागका प्रमुख डा.सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।

विज्ञापन

यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।

अस्प्तालका अध्यक्ष डा.अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताए । अस्पतालका मेसु डा.तिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा रहेका छन् । डा.तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आइरहेका थिए ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस