आइतवार, अशोज ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • एट्लेटिको मड्रिडका २ खेलाडीमा कोरोना संक्रमण
फुटबल

एट्लेटिको मड्रिडका २ खेलाडीमा कोरोना संक्रमण

एजेन्सी।  युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल खेल्ने तयारीमा रहेको स्पेनिस क्लब एट्लेटिको मड्रिडका दुई सिनियर खेलाडीमा कोरोना पोजेटिभ देखिएको छ ।

शनिबारको प्रशिक्षणपछि कोरोना परिक्षण गर्दा दुई खेलाडीमा कोरोना देखिएको र संक्रमण देखिएका खेलाडीको नाम गोप्य राखिएको स्पेनिस पत्रिका मार्काले जनाएको छ । खेलाडीमै कोरोना पोजेटिभ देखिएपछि अन्य खेलाडीमा पनि पोजेटिभ देखिने सम्भावना रहेपछि क्लबको पोर्चुगल भ्रमण केही ढिला हुने भएको छ ।

च्याम्पियन्स लिगका लागि पोर्चुगलको लिस्वन जानुअघि गरिएको परिक्षणमा दुई जनामा पोजेटिभ देखिएको हो । उनीहरुलाई तत्कालै क्वारेन्टिनमा राखिएको छ । एट्लेटिकोले बिहीबार राति क्वाटरफाइनलमा जर्मन क्लब आरबी लाइप्जिगसँग प्रतिस्पर्धा गर्दैछ । दुई खेलाडीमा कोरोना देखिएपछि यसको प्रभाव खेलमा पनि पर्न सक्ने क्लबले जनाएको छ ।

विज्ञापन

क्लबले आफ्नो दुई सिनियर खेलाडीमा कोरोना पोजेटिभ देखिएको र उनीहरुलाई आइसोलेसनमा राखिएको स्पेन र पोर्चुगलको स्वास्थ्य विभाग, युइएफए, स्पेनिस फुटबल फेडेरेसन, पोर्चुगल फुटबल फेडेरेसन र उच्च स्पोर्ट्स काउन्सिललाई पनि जानकारी गराइसकेको छ ।
एट्लेटिकोका ९३ जना पदाधिकारी आज सोमबार पोर्चुगलको लिस्वन जाने तयारीमा थियो । ति सबैको परिक्षण गर्दा दुई खेलाडीमा कोरोना देखिएको हो ।

एट्लेटिको मड्रिडले साविकको विजेता इंग्लिस क्लब लिभरपुललाई पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको थियो । प्रि–क्वाटरफाइनलो पहिलो लेगमा १–० को जित निकालेको एट्लेटिकोले दोस्रो लेगमा लिभरपुललाई अतिरिक्त समयमा ३–२ ले तथा समग्रमा ४–२ ले पराजित गर्दै क्वाटरफाइन्लमा स्थान बनाएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस