आइतवार, अशोज ४, २०७७
जोडिनुहोस
  • होमपेज
  • भरतपुर
  • माननिय मिलन बाबु श्रेष्ठद्वारा माडी बसीलाई सहयोग
भरतपुर

माननिय मिलन बाबु श्रेष्ठद्वारा माडी बसीलाई सहयोग

स्वर्गिय कर्ण बहादुर घर्ती प्रतिष्टानको लागि माननिय मिलन बाबु श्रेष्ठद्वारा प्रदेश सरकारबाट रकम २० लाख विनियोजनको घोषणा गर्नु भएको छ भने प्रतिष्टानलाई अपुग हुने रकम आगामी दिनमा हस्तान्तरण गर्ने बिहिबार एक कार्यक्रमको बिच घोषणा गर्नु भयो । साथै कर्ण बहादुर घर्ती प्रतिष्टानका अध्यक्ष तुल प्रसाद घर्तीको आग्रहमा प्रतिष्टानको नव निर्मित भवन निर्माणको लागि सविधान सभा सदस्य माननिय अञ्जनि श्रेष्ठले ५०,००१ नगद हस्तान्तरण गर्नु भएको छ ।

माडीमा यस साल आएको बाडीबाट मृत्यु भएका परिवारलाई माननिय मिलनबाबु श्रेष्ठले रकम १०००० सहयोग स्वरुप मृतक परिवारलाई हस्तान्तरण गर्नु भएको छ । नेपाली काङ्ग्रेस माडी नगरपालिका वाड न ३ क्रीयाशिल सदस्य ओम प्रकाश लामिछानेको आमाको स्वर्गारोहण भएकोले श्रध्दाञ्जलि कार्यक्रमा श्रध्दाञ्जलि व्यक्त गर्नु भयो ।

विज्ञापन

साथै नेपाल तरुण दल माडी नगरपालिका वडा न ९ सदस्य विजय दुराको सुपुत्रीको अल्पायुमै स्वर्गारोहण भएकोले श्रध्दाञ्जलि कार्यक्रमा सहभागी भइ श्रध्दाञ्जलि व्यक्त गर्नु भएको छ । त्यस्तै गरी रेडियो वाल्मिकि माडीलाई सहयोग गर्ने वचनवद्द्ता दिनु भएको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस