शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • नयाँ कमेडी कार्यक्रम लिएर आउँदै सुनील ग्रोवर
बलिउड/हलिउड

नयाँ कमेडी कार्यक्रम लिएर आउँदै सुनील ग्रोवर

बलिउड तथा भारतीय टिभी कलाकार सुनील ग्रोवर फेरि टिभीमा कमेडी कार्यक्रम लिएर फर्किने भएका छन्।हिन्दुस्तान टाइम्सका अनुसार सुनीलले कोरोना महामारी बीच मान्छेहरूलाई हँसाउन यो कार्यक्रम ल्याउन लागेका हुन्।

नयाँ कमेडी कार्यक्रमबारे सुनीलसँग कुरा गर्दा उनले भनेका छन्, ‘मलाई अब कोरोनाको खोप बनाउन त आउँदैन। तर मान्छेहरूलाई मनोरञ्जन दिन पक्कै आउँछ। त्यसैले म यही गर्नेवाला छु।’त्यस्तै यो कार्यक्रमको नाम ‘ग्यांग्स अफ फिल्मीस्तान’ राख्ने खबर भएको पनि हिन्दुस्तान टाइम्सले लेखेको छ।

यो कार्यक्रम स्टार भारतमा प्रसारण हुनेछ। यो कार्यक्रममा कोही सेलेब्रेटी पाहुना वा लाइभ दर्शक भने नहुने बताइएको छ।सुनील यो कार्यक्रममा एक ‘डन’ का रूपमा देखिनेछन् जसलाई अरू मान्छेले आएर उनलाई मनोरञ्जन गराउनु पर्ने हुन्छ।

विज्ञापन

‘पहिलो पटक म स्टेजको अर्को छेउमा हुनेछु। म परैबाट अरूको प्रस्तुति हेर्नेछु। सामाजिक दुरी पनि कायम हुने भयो नि,’ उनका भनाइ उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ।यो कार्यक्रममा सिल्पा शिन्डे, सिद्धार्थ सागर, संकेत भोस्ले, सुगन्धा मिश्रा, परितीश त्रिपाठी र जतिन सुरी जस्ता कलाकार हुनेछन्।

सुनीलले यसमा ‘द कपिल शर्मा शो’ का गुथ्थी र मसुर गुलाटीजस्ता आफ्ना पुराना पात्र भने ल्याउने छैनन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस