बुधबार, अशोज ७, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए
समाचार

दुई अमेरिकी अन्तरिक्ष यात्री पृथ्वीमा फर्किए

एजेन्सी। अमेरिकी अन्तरिक्ष यात्री डग हर्ली र बब बेन्कन अन्तरिक्ष केन्द्रबाट पृथ्वीमा फर्किएका छन् ।

उनिहरु अमेरिकाको फ्लोरिडाको तटीय क्षेत्र गल्फ अफ मेक्सिकोमा अवतरण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । अन्तरिक्ष यात्री डग र बबले समुद्रमा पानीमाथि अवरण गरेका हुन् ।

व्यवसायिक क्षेत्रबाट अन्तरिक्ष यात्रा गरेर अन्तरिक्ष यात्री सफल रुपमा पृथ्वीमा फर्किएको यो पहिलो पटक हो । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले निजी कम्पनी स्पेस एक्ससँगको सहकार्यमा यो यान अन्तरिक्षमा पठाएको थियो । ड्रयागन क्याप्सुल स्पेस एक्सले उपलब्ध गराइ उसैले सञ्चालन गरेको हो ।

विज्ञापन

यो यान चीनबाट ४ सय २२ किलोमिटरको दूरीमाथि रहेको अन्तरिक्ष स्टेशनमा गएको मे ३१ मा प्रवेश गरेको थियो । चुहावट, दबाब र तापक्रमको जाँचका लागि केही प्रतिक्षा गरेपछि पहिल्यै आईएसएसमा रहेका रुसी र अमेरिकी टोलीसँग सामेल हुन ड्रयागन क्याप्सुलमा रहेका यात्रीहरु स्टेशनमा प्रवेश गरेका थिए ।

हर्ली र बेन्कनसहितको अन्तरिक्ष यान ड्रयागन क्याप्सुल गएको मे ३० मा अमेरिकाको फ्लोरिडाबाट प्रक्षेपण गरिएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस