मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सूर्य-बुध एक साथ हुँदा बुधादित्य योग बन्दै, यी राशिलाई लाभ !
समाचार

सूर्य-बुध एक साथ हुँदा बुधादित्य योग बन्दै, यी राशिलाई लाभ !

ज्योतिषशास्त्रमा बुध ग्रहलाई विशेष स्थानमा राखिएको छ | २ अगस्ट बिहान ३ बजेर ५६ मिनेट जाँदा बुध ग्रह गोचर परिवर्तन गरि कर्कट राशिमा प्रवेश गर्नेछ र १७ अगस्ट ८ बजेर ४४ मिनेटसम्म यहि राशिमा हुनेछ| कर्कट राशिमा सूर्यको उपस्थिति रहेको अवस्थामा बुधको गोचर पश्चात एक अत्याधिक शुभ बुधादित्य योग बन्नेछ। बुध राशि बुद्धि र व्यवसायसँग सम्बन्धित छ| यस्तोमा बुधले गोचर परिवर्तन गर्दा सबै १२ राशिमा प्रभाव पार्नेछ|

मेष राशि

रोजगारको खोजमा रहेका मानिसलाई सफलता प्राप्त हुनेछ| आर्थिक स्थति राम्रो हुनेछ| आमाको स्वास्थ्यको साथै आफ्नो स्वास्थ्यमा पनि ध्यान दिन जरूरी देखिन्छ| पारिवारिक सम्बन्ध राम्रो रहनेछ| बोली सम्बन्धि कार्यमा लाभ प्राप्त हुने देखिन्छ|

विज्ञापन

वृष राशि

यस राशिका मानिसको लागि यो समय मिश्रित रहनेछ| आत्मविश्वासमा कमी महशुस हुनेछ| परिवारको साथ सम्बन्धमा सुधार आउनेछ र परिवारको सहयोग भरपूर प्राप्त हुनेछ| विद्यार्थी वर्गको लागि समय अत्यन्त शुभ छ| बोलीमा भने ध्यान दिनुहोला|

मिथुन राशि

आर्थिक लाभ प्राप्त हुने सम्भावना रहेको छ| परिवारमा सुख-शान्तिमय वातावरण कायम रहनेछ| बोली सम्बन्धित कार्यमा लाभ मिल्ने देखिन्छ| वाणी तथा आकर्षक व्यवहारले मानिस तपाईंप्रति आकर्षित हुनेछन्| सामाजिक मन-सम्मानमा वृद्धि हुनेछ|

कर्कट राशि

यस राशिको लागि यो समय चुनौतीपूर्ण रहनेछ| कर्यक्षेत्रमा सफलता प्राप्त गर्न निकै कडा परिश्रम गर्नु पर्ने देखिन्छ| परिवारमा मनमुटावको अवस्था सिर्जना हुने सम्भावना रहेको छ| खर्चमा वृद्धि हुनाले आर्थिक पक्ष कमजोर हुने देखिन्छ|

सिंह राशि

यो समयमा यस राशिको मानिसको मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ| आर्थिक स्थिति कामजोर हुनेछ| शत्रु पक्ष सक्रिय र मजबूत हुनेछन्| अपेक्षाकृत सफलता प्राप्त नहुँदा मन चिन्तित रहनेछ| स्वास्थ्यमा विशेष ध्यान दिनुहोला|

कन्या राशि

यस राशिको लागि यो समय राम्रो रहनेछ| अधुरा रहेका काम पूरा हुनेछ| आर्थिक लाभ प्राप्त हुने देखिन्छ| कर्यक्षेत्रमा पदोन्नतीको योग रहेको छ| पारिवारिक स्थिति भने राम्रो हुनेछ| स्वास्थ्य राम्रो रहनेछ|

तुला राशि

यस राशिको लागि यो समयमा भाग्यको पूरा साथ मिल्नेछ| कर्यक्षेत्रमा विशेष लाभ प्राप्त हुनेछ| शत्रु पराजय हुनेछन्| मानसिक स्वास्थमा सुधार आउने देखिन्छ|

वृश्चिक राशि

यस राशिको लागि यो समय त्यति राम्रो देखिँदैन| कर्यक्षेत्रमा वाधा आउन सक्छ| पारिवारिक समस्याले सताउँन सक्छ| परिवारको सदस्यको स्वास्थ्यमा समय देखा पर्न सक्छ| आर्थिक पक्ष कमजोर रहने देखिन्छ|

धनु राशि

यस राशिको लागि यो समय निकै शुभ रहनेछ| अधुरा रहेका कार्य पूरा हुने सम्भावना रहेको छ| प्रतियोगिता तथा कुनै परिक्षाको नतिजा पर्खेर बसेकाको लागि सफलता प्राप्त हुने देखिन्छ| धार्मिक कार्यमा मन लाग्नेछ|

मकर राशि

वैवाहिक जीवनमा समस्या आउन सक्छ| जीवनसाथीसँग मनमुटावको अवस्था सिर्जना हुन सक्छ| पारिवारिक सम्बन्धमा पनि उतार-चाडव आउने सम्भावना छ| आर्थिक पक्ष निकै कमजोर रहने देखिन्छ| यात्रा गर्नबाट बच्नुहोला|

कुम्भ राशि

यस राशिको लागि यो समय निकै शुभ रहनेछ| पैसा सम्बन्धि मामलामा लाभ प्राप्त हुने सम्भावना रहेको छ| शत्रु पक्ष कमजोर र पराजित हुनेछन्| सामाजिक मान-प्रतिष्ठा बढ्नेछ| पारिवारिक स्थिति आनन्दमय रहनेछ| मानसिक स्वास्थ्यमा सुधार आउनेछ|

मीन राशि

मीन राशिको लागि यो समय चुनौतीपूर्ण रहन सक्छ| व्यापार व्यसायमा नोक्सान हुने सम्भावना रहेको छ| कर्यक्षेत्रमा पनि खास सफलता प्राप्त नहोला| जीवनसाथीको साथ मनमुटाव हुन सक्ने देखिन्छ|

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस