मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नेपाली सेनाले सशस्त्रलाई दियो ६ सय थान हतियार
समाचार

नेपाली सेनाले सशस्त्रलाई दियो ६ सय थान हतियार

काठमाडौं । २०७७ साउन १४ गते नेपाली सेनाको हेडक्वार्टरमा आयोजित कार्यक्रममा नेपाली सेनाल ६ सय थान सना भारतीय राइफलहरु सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको निर्णय अनुसार नेपाली सेनाले ५.५६ एमएमको क्यालिबर राइफल सशस्त्र प्रहरीलाई हस्तान्तरण गरेको हो । त्यसैगरी नेपाली सेनाले सशस्त्रलाई सम्भार तथा सञ्चालन तालिम पनि प्रदान गर्ने भएको छ ।

नेपाली सेना र सशस्त्रबीच सम्भार र सञ्चालन तालिम तथा हतियार तथा सामाग्री प्रदान गर्ने सम्बन्धमा सम्झौता भइसकेको छ । नेपाली सेनाका मेजर जनरल (उपरथी) राजेन्द्र कार्की, सैनिक सञ्चालन (डीजीएमओ) महानिर्देशक र सशस्त्र प्रहरीका अतिरिक्त महानिर्देशक रामशरण पौडेलले सम्झौतापत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।हस्तान्तरण कार्यक्रममा नेपाल आर्मी तथा सशस्त्र प्रहरीका उचच अधिकृतहरुको सहभागिता रहेको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस