मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • प्रचलन
  • यी ४ राशिका महिलामा हुन्छ ‘प्रिय आमा’ बन्ने गुण
प्रचलन

यी ४ राशिका महिलामा हुन्छ ‘प्रिय आमा’ बन्ने गुण

हरेक आमाले आफ्नो बच्चालाई धेरै माया गर्छिन् र हरेक कुरा आफ्नो बच्चालाई सिकाउने कोशिश गर्छिन्। बच्चाको लागि पनि उनकी आमा संसारकै सब भन्दा राम्रो आमा हुन्छिन्। हरेक आमाले पनि बच्चाको जन्मदेखि आफ्नो सम्पूर्ण जीवन बच्चाको लागि समर्पण गर्छिन्, तर ज्योतिषको अनुसार केहि राशिका महिलाहरू बच्चा हुर्काउने सम्बन्धमा सबैभन्दा उत्तम आमा हुन्छन्। कुन राशिका महिला ‘सर्वश्रेष्ठ आमा’ हुन्छिन् त ?

कर्कट राशि

कर्कट राशिको स्वामी चन्द्रमा हो। यस राशिका आमा आफ्नो बच्चाको बारेमा धेरै भावुक र कोमल हृदयका हुन्छन्। यो राशिका आमाको लागि उनको बच्चा र उसको खुसी नै जीवनमा सबैभन्दा महत्वपूर्ण कुरा हुन्छ। उनी हरेक परिस्थितिमा आफ्नो बच्चाको साथ दिन्छिन्।

विज्ञापन

कन्या राशि

बुध ग्रह कन्या राशिको स्वामी हो। बुध ग्रह, व्यक्तिको बौद्धिकता र वाग्लोताका कारक हो, त्यसैले यस राशिका आमालाई धेरै रचनात्मक र स्मार्ट मानिन्छ। उनी आफ्नो बच्चालाई हरेक गतिविधिमा निपूर्ण बनाउँन चाहन्छिन् र आफ्नो बच्चालाई मल्टि-टास्किंग गर्न सक्ने तरीकाले तयार पार्छिन्। यस राशिका आमाले आफ्नो बच्चाको जीवनमा अनुशासन कायम राख्छिन्, किनभने उनी विश्वास गर्छिन् कि जीवनमा कुनै पनि कुरा हासिल गर्न अनुशासित हुनु निकै आवश्यक हुन्छ।

मिथुन राशि

मिथुन राशिका आमा आफ्ना बच्चाहरूलाई साथीको जस्तो व्यवहार गर्छन्। उनी आफ्ना बच्चाहरूको यसरी पालन-पोषण गर्छिन् कि उनीहरू आफ्नो जीवनको निर्णय राम्रो तरीकाले लिन सकुन्। उनी आफ्ना बच्चाहरूलाई यसरी हुर्काउँछिन् कि उनीहरू कसैमाथि निर्भर हुन नपरोस्, त्यसैले उनी आफ्ना बच्चालाई जीवनको अनुभव आफैँ लिन दिन्छिन्। यस मैत्री व्यवहारको कारण बच्चाहरू आमासँग निकै सहजै महशुस गर्छन्।

मीन राशि

यस राशिका महिलाहरू सरल र भावनात्मक हुन्छन्। उनी आफैँले सपना देख्छिन् र यसलाई पूरा गर्ने सामर्थ्य राख्छिन्। उनले आफ्ना बच्चाहरूलाई त्यहि नै सिकाउँछिन् कि कुनै पनि सपना पूरा हुन सक्छ। उनीले आफ्ना बच्चाहरूलाई सिकाउँछिन् कि सबैभन्दा पहिले आफू राम्रो मान्छे हुन निकै जरूरी हुन्छ। आमा जस्तै बच्चा पनि प्रकृति प्रेमी, भावनात्मक स्वभावका हुन्छन्। यस राशिको आमाले आफ्नो बच्चालाई संस्कारी र प्रतिभाशाली बनाउँछिन्।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस