मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चितवनको कुरिनटार र जलविरेमा पहिरो खस्यो
समाचार

चितवनको कुरिनटार र जलविरेमा पहिरो खस्यो

चितवन।चितवनमा आज (शनिबार) विहान दुई ठाउँमा पहिरो खसेको छ । जिल्लाको पृथ्वीराजमार्ग र नारायणगढ–मुग्लिन सडक खण्डमा आज विहानै ४ बजे पहिरो खसेको हो ।

इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा पहिरो खस्दा राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ । आज विहान ४ बजेको समयमा अविरल वर्षाका कारण कुरिनाटरमा पहिरो खस्दा बाटो पूर्णरुपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिनुभयो । पहिरोको कारण सवारी साधनहरु बाटोमै रोकिएका छन् ।

यस ठाउँमा केहीदिन अघि पनि पहिरो खसेको थियो । पानी परिरहेकोले पहिरो हटाउने काम भएको छैन । यस्तै नारायणगढ–मुग्लिन सडक खण्डको जलविरेमा पनि पहिरो खसेको छ । विहान ४ बजे नै सो ठाउँमा पहिरो खस्दा बाटो एकतर्फी रुपमा मात्रै संचालनमा छ ।जलविरे पनि पहिरो खसिरहने ठाउँ हो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस