शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • उत्तर कोरियामा कोरोना संक्रमित फेला, लकडाउनसहितको संकटकाल घोषणा
समाचार

उत्तर कोरियामा कोरोना संक्रमित फेला, लकडाउनसहितको संकटकाल घोषणा

एजेन्सी । उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ ।कोरोना भाइरसबाट संक्रमित भेटिएपछि जोखिम न्यूनीकरणका लागि लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ ।

सिमानामा पर्ने काएसोङ शहरमा पहिलो कोरोना संक्रमित भेटिएकोले संकटकाल लगाउनु परेको अधिकारीहरुले जानकारी दिएका छन् ।

सर्वोच्च नेता किम जोङ उनले शनिबार पोलिटव्युरो बैठक मार्फत संकटकाल लगाउँदै उच्च सतर्कता अपनाउनु पर्ने निर्णय गराउनुभएको हो । नेता किमले भाइरसलाई परास्त पार्न उच्चतम आपतकालीन प्रणाली लागू गर्न आदेश दिनुभएको छ ।

विज्ञापन

आफ्ना गतिविधि एवम् विवरणहरू गोप्य राख्ने गरेको उत्तर कोरियाले यसअघि कोरोना सम्बन्धी कुनै पनि घटनाहरू नभएको दावी गर्दै आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस