शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पूर्वी नवलपरासीमा तीन सय बढी संक्रमित
समाचार

पूर्वी नवलपरासीमा तीन सय बढी संक्रमित

नवलपरासी । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ । शुक्रबार ४ जना नयाँ कोरोना संक्रमित थपिएसँगै नवलपुरमा संक्रमितको संख्या ३ सय २ जना पुगेको छ । उनीहरुमध्ये ८१ जना उपचाररत रहेका छन् भने बाँकी डिस्चार्ज भइसकेका छन् ।

शुक्रबार मध्यविन्दु नगरपालिकामा ४ जना नयाँ संक्रमित थपिएको मध्यविन्दु नगरपालिकाले जनाएको छ । संक्रमित ४ जना नै पुरूष रहेका छन् । मध्यविन्दु नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख माधवप्रसाद पोख्रेलका अनुसार नयाँ संक्रमित देखिएकामध्ये २ जना भारतबाट आएका र २ जना साउदी अरबबाट आएका हुन् ।
उनीहरु मध्यविन्दु नगरपालिका वडा नं–३, ९ र १० का २२ देखि ५० वर्ष उमेर समूहका हुन् । योसहित मध्यविन्दु नगरपालिकामा संक्रमितको संख्या ५४ पुगेको छ भने ४२ जना निको भएर फर्किसकेका छन् । मध्यविन्दु नगरपालिकाका ४७ जनाको स्वाब संकलन गरी पिसिआर रिपोर्टका लागि बुटवल पठाइएकोमा ४ जनाको पोजेटिभ आएको र अन्यको नेगेटिभ आएको छ ।

त्यसैगरी, शुक्रबार विनयी त्रिवेणी गाउँपालिकाका २९ जनाको पिसिआर रिपोर्ट आएकोमा ती सबैको नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईंले बताए ।
त्यस्तै भरतपुर महानगरपालिका–११मा ४६ वर्षका एक पुरूषमा कोरोना पोजेटिभ देखिएको छ । शुक्रबार १५७ जनाको परीक्षण गर्दा उनको पोजेटिभ नतिजा आएको भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाले जनाएको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस