शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • फुटबल
  • पीएसजी कोपा डि फ्रान्स च्याम्पियन
फुटबल

पीएसजी कोपा डि फ्रान्स च्याम्पियन

एजेन्सी – पेरिस सेन्ट जर्मेन (पीएसजी) कोपा डि फ्रान्सको च्याम्पियन बनेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा सेन्ट इटिनेलाई १–० ले पराजित गर्दै पीएसजीले कोपा डि फ्रान्सको च्याम्पियन बन्न सफल भएको हो ।

पीएसजीलाई च्याम्पियन बनाउन ब्राजिली स्टार फरवार्ड नेयमारले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १४औं मिनेटमा गोल गर्न सफल भएका थिए ।

सेन्ट इटिनेका डिफेन्डर म्याथिउ डिबुचीको गल्तीमा फ्रेन्च फरवार्ड केलियन एमबाप्पेले नेयमारसँग वान टु वानमा उत्कृष्ट मुभमा गरेकोे प्रहारलाई सेन्ट इटिनेका गोलरक्षक जेसे मौलिनले बचाएपनि रिवाउन्डमा नेयमारले गोल गर्न सफल भएका थिए ।

विज्ञापन

३१औं मिनेटमा सेन्ट इटिने १० खेलाडीमा समेटिएनको थियो । कप्तान लोइक पेरिन सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।

पीएसजीको यो सिजनको दोस्रो उपाधि हो । पीएसजी यसअघि फ्रेन्च कपको च्याम्पियन बनेको थियो । अब पीएसजीले फ्रेन्च लिग कपको उपाधिका लागि लियोनसँग १ अगस्टमा प्रतिस्पर्धा गर्नेछ

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस