शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अझै तीन दिनसम्म नारायणी नदीमा बहाव बढ्ने, कहाँ–कहाँ छ जोखिम ?
समाचार

अझै तीन दिनसम्म नारायणी नदीमा बहाव बढ्ने, कहाँ–कहाँ छ जोखिम ?

काठमाडौं।आज (बिहीबार) देशभर मनसुनी वायुको प्रभाव परेकाले देशभर आँशिकदेखि सामान्य बदली रही बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा वर्षा भइरहेको छ ।

बिहीबार बिहानको मापनअनुसार कोशी, नारायणी र यसका सहायक नदीमा बाहाव बढ्दो क्रममा रहेको तर सबैमा बहाव सतर्कता तहभन्दा तल नै रहेको महाशाखाको भनाइ छ । कालीगण्डकीमा बहाव सतर्कता आसपास रहेको छ ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका केही सहयाक नदीमा भने बहाव घट्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

विज्ञापन

मनसुनी न्युन चापीय रेखा जुन भूभागको माथि पर्छ, त्यहाँ भारी वर्षा हुने मौसमविद बताउँछन् । साउन ४ गतेदेखि नेपालको ठीक माथि मनसुनी न्युन चापीय रेखा पर्दा केही दिन देशभर लगातार भारी वर्षा भएको थियो । निम्न चापीय रेखा हाल पश्चिमी भुभागबाट दक्षिणतर्फ सर्दै गए पनि नेपालको पूर्वी भूभागको नजिक कायमै छ ।

आज नारायणी र यसका केहि सहायक नदीमा बहाव केहि बढ्ने तथा अन्य सबै प्रमुख र मझौला नदीमा बहाव केहि घटबढ हुने महाशाखाको पूर्वानुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस