शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • चीनले कोरोना संकटको नाममा छिमेकीमाथि ध्वाँस देखाइरहेछ : अमेरिका
समाचार

चीनले कोरोना संकटको नाममा छिमेकीमाथि ध्वाँस देखाइरहेछ : अमेरिका

अमेरिकाका विदेशमन्त्री माइक पोम्पियोले चीन कोरोना संकटमार्फत् आफ्ना छिमेकीमाथि ध्वाँस देखाइरहेको र साउथ चाइना सीमा सैन्य शक्ति बढाइरहेको आरोप लगाएका छन् ।

माइक पोम्पियोले मंगलबार राती लण्डनमा चिनियाँ कम्युनिस्ट पार्टीमाथि कोरोना महामारीमा संसारलाई मद्दत गर्नुको साटो छिमेकीमाथि दादागिरी देखाएको आरोप लगाएका छन् ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबसँग छलफलपश्चात् एक पत्रकार सम्मेलनमा हरेक देशले अन्तरराष्ट्रिय सीमाको विषयमा अन्तरराष्ट्रिय व्यवस्थाको पालना गर्न पूरा विश्वले मिलेर काम गर्न आवश्यक भएको पोम्पियोले बताए ।

विज्ञापन

अमेरिकी विदेशमन्त्रीले एकपटक पुनः चीनमाथि महामारीको सुरुवाती अवस्थाबारे जानकारी लुकाएको आरोप लगाए ।

पोम्पियोले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीले यो संकटलाई आफ्नो हितका लागि प्रयोग गर्नु लज्जास्पद हो ।’

साउथ चाइना सीको विवादित क्षेत्रमा चीनको दाबी बारे टिप्पणी गर्दै पोम्पियोले भने, ‘यसमाथि चीनले कुनै पनि हालतमा कानूनी दाबी गर्न मिल्दैनँ । चीनले आफ्ना छिमेकीलाई धम्काएर उनीहरुमाथि ध्वाँस देखाइरहेको छ ।’

स्रोतः बीबीसी

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस