शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार
बलिउड/हलिउड

सुशान्त सिंह राजपूतमाथि फिल्म बन्दै, शीर्ष भूमिकामा टिकटक स्टार

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि भइरहेको बहसका बीच उनको जीवनमा आधारित फिल्म बन्ने भएको छ ।‘सुसाइड या मर्डर’ नामक फिल्मको शीर्ष भूमिकामा सुशान्त झैं देखिने टिकटक स्टार सचिन तिवारीले अभिनय गर्ने भएका छन् । यो फिल्म केही हदसम्म सुशान्तको जीवनमा आधारित हुनेछ ।

उत्तर प्रदेशका सचिनले आफ्नो इन्स्टाग्राममार्फत यस्तो जानकारी दिएका हुन् । फिल्ममा उनले ‘आउटसाइडर’ को भूमिका निभाउने छन् ।फिल्मको निर्देशक शमिक मौलिकले गर्नेछन् । फिल्मको घोषणासँगै सचिन एकाएक चर्चामा आएका छन् ।यो फिल्मलाई वर्षको अन्तिमसम्म रिलिज गर्ने तयारी थालिएको छ । फिल्मलाई सुशान्तको बायोपिक नभएको र प्रभावित फिल्म भनिएको छ ।फिल्मले बाहिरी कलाकारलाई ठूलो उद्योगमा कस्तो समस्या भोग्नुपर्छ र नेपोटिज्मले कस्तो प्रभाव पारेको हुन्छ भन्ने कथा देखाउनेछ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस