शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एक दशकदेखि ठोरीको सीता गुफा संरक्षणमा ‘अर्जुन घिमिरे’
समाचार

एक दशकदेखि ठोरीको सीता गुफा संरक्षणमा ‘अर्जुन घिमिरे’

सुदिप थापा
ठोरी । केही दिन अघि प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मभूमी अयोध्या भारतमा नभई नेपालको ठोरी क्षेत्रमा पर्ने बताएसँगै नेपालमा मात्र नभई भारतमा पनि यो विषयले हंगामा मच्चाएको छ । भारतमा रहेको अयोध्याको विषयमा पटक–पटक विवाद उत्पन्न भईरहेको बेला ठुलो प्रमाण र भित्री अध्ययनपछि प्रधानमन्त्री ओलीले भानु जयन्तीको अवसरमा यो कुरा बाहिर ल्याएका बुझिएको छ ।

रामको जम्मभूमी अयोध्यानै ठोरी क्षेत्र भनेपछि ठोरी र माडी क्षेत्रका स्थानीयसहित देशभर नयाँ तरगं उत्पन्न भएको छ । प्रधानमन्त्रीबाट यो बिषय उद्घोष भएपछि ठोरीमा रहेको सीता गुफामा भीडभाड बढ्न थालेको छ । सञ्चारकर्मी , स्थानीय तथा बाह्य स्थानबाट पनि ठोरी क्षेत्र र विषेश गरी सीता गुफामा चहलपहल ह्वातै बढेको देखिन्छ ।

चर्चामा नरहँदा ओझेलमा परेको ठोरीको सीता गुफा एकाएक अयोध्या नै यही क्षेत्र रहेको भनी प्रधानमन्त्रीले बताएपछि यो क्षेत्र र सीता गुफाको चर्चा बढेको हो । केही दिन यता स्थानीय प्रशासनले समेत यो क्षेत्रलाई निगरानी समेत बढाएको छ । सिता गुफाको दशकौंदेखि संरक्षण हुन सकिरहेको थिएन भने स्थानीय सरकारले पनि यस गुफालाई त्यती धेरै महत्व दिएको थिएन । तर यो गुफाले एक स्थानीय व्यक्तीको सधै स्पर्ष पाईरह्यो । ठोरी २ का अर्जुन घिमिरे यहाँको सीता गुफाका पर्याबाची व्यक्ति हुन ।

विज्ञापन

गुफाका संरक्षणमा ‘अर्जुन घिमिरे’

उमेरले ७० वर्षका ‘अर्जुन घिमिरे’ ठोरीका स्थानीय हुन । हरेक मानीसको स्वभाब फरक हुनु प्रकृतिको नियम नै हो । ठोरी–२ मा घर भएका घिमिरे समाजका एक फरक पात्र हुन । उनलाई भोग्ने र भेट्नेहरुले उनीबारे सकरात्मक र नकरात्मक धारणा दिने गर्दछन् ।

उनी सीता गुफा भएको स्थानमा दशकौंदेखी अंगालिएर बसीरहेका छन् । राम र सीताको शक्ति आफुमा रहेको बताउदै आएका घिमीरेले यो उमेरमा पनि गुफालाईनै सबैथोक ठान्दै आएका छन् । भारतको सीमानाबाट २ सय मिटर नेपालतर्फ पर्ने सीता गुफा जंगलसँग जोडिएको खोलाको किनारमा छ ।

त्यही गुफामा उनले बर्षौंबाट ओत बिनाको रात बिताएका छन् । गाँस बिनाको दैनिकी बिताउदै जे जे भेटिन्छ त्यही वस्तुले गुफा सजाउदै, सरसफाई गर्दै बस्दै आईरहेको त्यहाँका स्थानीय बताउँछन् । गुफा भएको स्थानमा दिनकै समयमा एक्लै बस्न जो कोहीलाई डर लाग्छ तर घिमिरे दशकौंदेखि गुफाको संरक्षणमा एक्लो तवरले रात दिन लागिरहेका थिए ।

उनलाई त्यही स्थानबाट धेरै पटक फर्काउने साधारण जीवनमा ल्याउने प्रयास गर्दा पनि उनले गुफा संगको स्पर्ष कहिले छोडेनन् । उनका अनुसार रातको समयमा समुहगत मानिस आएर धम्काऊने , भारतीय सुरक्षाकर्मी , ठोरीकै स्थानीले पटक पटक उनलाई हातपात गरेका छन् उनले सकंलन गरेका धेरै वस्तु जलाई दिएका छन् ।

तर आज उनको समाजमा चिनारी जे जस्तो भए पनि सीता गुफा र ठोरी क्षेत्रको चिनारी बढेको बेला घिमिरेलाई खुशीको सीमा छैन । उनले समाजमा छरेका धेरै कुरा सत्य रहेछन् भन्ने आभाष ठोरीका जनताले गर्न थालेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस