आइतवार, कार्तिक १६, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण
बलिउड/हलिउड

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ।

बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

अमिताभ बच्चनले आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी ट्वीटमार्फत् दिएका छन्।

विज्ञापन

उनले भनेका छन्, ‘मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

अभिताभले आफ्नो ट्वीटमा यो पनि भनेका छन्, ‘पछिल्ला दस दिनमा जो मेरो सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’

उनका छोरा तथा अभिनेता अभिषेक बच्चनलाई पनि कोरोना संक्रमण भएको छ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस