शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • स्वास्थ्य-जीवनशैली
  • दैनिक लिपिस्टिकको प्रयोगले ल्याउँछ यस्तो खतरा
स्वास्थ्य-जीवनशैली

दैनिक लिपिस्टिकको प्रयोगले ल्याउँछ यस्तो खतरा

महिलाहरुका लागि श्रृंगारपटार अनिवार्य जस्तै छ । बिशेष गरि आफ्नो सौन्दर्यलाई लिएर बढि चनाखो हुँने कारणले उनीहरु श्रृंगारपटारमा ध्यान दिन्छन ।

महिलाका लागि सुन्दरी हुनु एक गुण नै हो । बिहाना उठे पछि महिलाहरु आफ्नो श्रृंगारपटारमा नै समय लगाउँछन् ।

यस्तैमा उनिहरुले लाली पाउडर समेत लगाउने गर्छन् । मेक अप गर्दा लिपस्टिकको भूमिका पनि महत्वपुर्ण नै मानिन्छ । आफूले लाउने लिपिस्टिकले स्वास्थ्यमा कस्तो प्रभाव पारिरहेको छ भन्ने बारेमा भने उनिहरु जानकार छैनन ।

विज्ञापन

केही समयअघि अमेरीकामा गरिएको एक अध्यननले लिपिस्टिक प्रयोग गर्ने महिलाको दिमागी सक्रियता नै कमजोर हुँदै गएको फेला परेको थियो ।

लिपिस्टिकमा एक किसिमको सीसा प्रयोग हुन्छ । जुन मानव स्वास्थ्यका दृष्टिकोणले उच्च हानिकारक हुन्छ ।

अध्ययनमा २२ वटा लिपस्टिक ब्राण्डको अध्ययन गरिएको थियो । जसमध्ये ५५ प्रतिशतमा (लिड)जस्तै हानिकारक तत्वको प्रयोग गरेको पाइयो ।

नेपालमा पनि केही समय अघि सरकारले सौन्दर्य सामग्रीमाथी हुने रसायनको प्रयोगबारे परीक्षण गरेको थियो ।

चिकित्सकहरुका अनुसार सीसा मानवीय स्वास्थ्यका लागि धेरै हानिकारक हुन्छ । मानवीय स्वास्थ्यमा नियमित सम्पर्कमा रहे लिडका कारण क्यान्सर हुने तथा दिमागी असर कम हुनेजस्ता जोखिम हुने विशेषज्ञहरुले जनाएका छन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस