शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • फिचर
  • “बाँच्न बिर्सेका पलहरु”
फिचर

“बाँच्न बिर्सेका पलहरु”

“ बाँच्न बिर्सेका पलहरु “

मेरा आसाहरु पनि चौरिदै गाको छ मेरो अनुहारको छाला चौरीएझै

मेरा सपनाहरु पनि धुवालिदै गएको छ मेरा आखाका ज्योती धुवलिएझै

विज्ञापन

तर खै किन किन मेरा आसक्ती अझै निस्तेजिने ठाँउमा अझै पानी पर्दा च्याउ उम्रे झै उमृएछ

मेरा सार अङ्गहरु मेरा नियन्त्रणभन्दा बहिरिन थलेछ

यो जिवनको चुहा बिल्लीको दैडमा मैले मेरै सपनाहरु बाच्न बिर्से

पहिले पैसाको पछाडी दौडदा दौडदै सारा शरीर लुटाए

अब फेरि बिग्रेको शरीरबनाउन सारा पैसा लुटाए

यो जिवन जिउन नपाउँदै यो सारा जीवन गुमाए

खै किन किन भुझनै सकिएन यो जीवन अनि आफनै शरीरलाई

शुन्यताबाट थालिएको यो जिवनको यात्रा शुन्यतामै टुंगियो

सपनाहरु बाँच्न नपाउदै चङ्गाको धागोनै चुडियो

मलाइ ताजुब लाग्ने एउटै कुरा छ फेरि के को लागि मैले यो यत्रो दौड के को लागि गरे त

यस्तो दौड जस्को न जित छ नत हार नै

मलाइ पहिले केवल गन्तब्यको अन्त मात्र देखिन्थ्यो

बाटाका सारा…साना साना कुराहरु त मैले नियाल्नै बिर्से छु

यति सम्म कि त्यहाँ बाटामा पैतला तलका हिरलाइ नि ढुङ्गा ठानेर कुल्चे

पहिले यो अन्तको हिरा मत्रै देखिन्थ्यो अब यहाँ आइ पुग्दा

यो ,त्यो पारस्मनी जस्तो लाग्छ जस्ले बाटाका सारा ढुङालाइ हिरा बनौने चकरमा आफै पो ढुङ्गा बने छ

अब बल्ल बुझे परस्मनी त गन्तब्यको बाटो पो रहेछ

अब पचुताउनु बाहेक केहि रहेन बाटो त नियल्नै बिर्से

मलाइ लाग्छ म यस्तो गन्त्व्यको खोजिमा थिए जस्को अन्न्त खोज्द खोज्दै आफ्नै अन्न पोआएछ

समय बचाउने चकरमा केहे गरिन अब त न गरेको काम छ न त समय नै

त्यति बेला खै मलाइ कहाको हतार हुन्थ्यो मेरो अनुभव साथ साथ मेरो दृस्टी नि आधा आध भको थियो

मेरो नजरमा बसन्तको नविनता नि शिशिरको उजाड झै लाग्थ्यो

प्रकृतिको सुन्दर्ताको बिस्तार नि मलाइ धुवाँको रवाफ झै लाग्थ्यो

यहाँ सम्म कि कोकिल्को मिठासयुक्त गित पनि मलाइ गाली अनि disturb जस्तो लाग्थ्यो

बाल्ल थाहा पाए मैले बाँच्नै बिर्से अब सम्झेर पनि के गर्ने

त्यसैले यार जीवन को हरेक पल को आनन्द लिनु पर्छ किनकी सब पल जिवनमा एक पल्ट मात्र आउँछ।।।

-पंकज

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस