मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ?
बलिउड/हलिउड

किन छुटेको थियो सुशान्त र अंकिता लोखन्देको सम्बन्ध ?

मुम्बई – केही समयअघि भारतीय अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरे । उनको आत्महत्याले बलिउड स्तब्ध बनेको छ । साथै बलिउडमा नातावाद हाबी भएको भन्दै बहस पनि शुरु भएको छ ।

यतिबेला सुशान्त सिंहको जीवनमा आएकी अंकितासँगको सम्बन्धको पनि बलिउडमा चर्चा हुन थालेको छ । यी दुईको भेट टिभी धारावाहिक पवित्र रिस्ताको छायांकनका दौरान भएको थियो । दुवै छिट्टै नजिक भए सुशान्तको कुराकानी अंकितालाई मन पर्न थाल्यो । सुशान्त पनि अकिंतातर्फ आकर्षित भए ।

मित्रता प्रेममा बदलिन धेरै समय लागेन । दुवैले एकअर्कालाई मन पराउन थाले । टिभी शो पनि सुपरहिट भयो ।यी दुईले आफ्नो सम्बन्धको बारेमा धेरै खुलासा गरेनन् । न त लुकाए नै । साथै घुम्ने, छुट्टी मनाउने र रमाइलो गर्ने गरेका तस्वीर पनि शेयर गरे ।फ्यानबीच चर्चा चल्न थाल्यो कि, यी दुई कहिल्यै छुट्ने छैनन् । यी दुई ६ वर्ष सँगै रहे ।अचानक सन् २०१६ मा यी दुईको सम्बन्धमा खटपटी आउन थाल्यो । पछि यी दुई अलग भए । फ्यानलाई अझै पनि लागिरहेको थियो, प्रेममा खटपट हुन्छ । फेरि नजिक हुनेछन् । तर, त्यस्तो भएन ।

विज्ञापन

सुशान्तले आफ्नो करिअरलाई महत्त्व दिन चाहन्थे । उनी मान्थे कि, बिहे ग¥यो भने काममा ध्यान जाने छैन । सहमतिमा नै यी दुई छुट्टिए ।अंकितासँग अलग भएपछि सुशान्तको नाम कृति सेनन, सारा अली खान र रिया चक्रवर्तीसँग पनि जोडियो । यी सम्बन्धले पहिलेको जस्तो चर्चा कमाएनन् ।

सुशान्तका साथीले उनले चोखो माया अंकितासँग गरेको दाबी गर्छन् । यदि अंकिता भएको भए सुशान्तलाई सम्हाल्ने साथीहरु दाबी गर्छन् ।अकिंताको घरमा अझै पनि नेमप्लेट छ, जुन उनले सुशान्तसँग बनाएकी थिए । दुवैको नाम उक्त नेमप्लेटमा लेखिएको छ । अंकितालाई सधै लागेको थियो कि, एकदिन सुशान्त फेरि आफ्नो जिन्दगीमा आउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस