शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • सुशान्त सिंह राजपूतको जीवनको अन्तिम पलको कहानी
बलिउड/हलिउड

सुशान्त सिंह राजपूतको जीवनको अन्तिम पलको कहानी

बलिउड अभिनेता सुशान्त सिंह राजपूत अब हामीबीच रहेनन् यो खबर जतिले सुने सबै चकित परे ।भारतीय टिभी सिरियल्समा आफ्नो अभिनयको जादु देखाएपछि फिल्ममार्फत् मानिसहरुको मनमा घर बनाएका अभिनेता सुशान्त सिंह राजपूतको मृत शरीर आइतबार उनको घरमा भेटियो ।

मुम्बईको बान्द्रा इलाकामा उनी भाडाको फ्ल्याटमा बस्दथे, त्यहि फ्ल्याटबाट उनको मृत शरीर बाहिर निकालियो । प्रहरीका अनुसार सुशान्तले आत्महत्या गरेका छन् । तर यसको कारण अहिलेसम्म सार्वजनिक भएको छैन । यद्यपि, उनी पछिल्लो ६ महिनादेखि डिप्रेशनसँग जुधिरहेको बताइन्छ ।सुशान्तको मुम्बईमा आफ्नै फ्ल्याट पनि थियो तर उनी ठूलो घरमा बस्न चाहन्थे त्यसैले आठ महिना अघि उनी भाडामा फ्ल्याटमा बसिरहेका थिए ।

उनी उक्त फ्ल्याटमा एक्लै बस्दैनथे । उनीसँग उनका क्रिएटिभ म्यानेजर, उनका एक साथी र घरेलु सहयोगी बस्दथे । उक्त घरमा बस्ने कुनै पनि सदस्यले आइतबार बिहान अभिनेता सुशान्त सिंह राजपूतको अन्तिम बिहान होला भनेर सोचेका थिएनन् ।

विज्ञापन

सुशान्त सिंह राजपूतका घरेलु सहयोगीले प्रहरीलाई उनीबारे जानकारी दिएका छन् । उनले भने, ‘बिहानसम्म सबै कुरा ठिक थियो । बिहान साढे ६ बजे सुशान्त सिंह सुतेर उठेका थिए । मेलै उनलाई बिहान ९ बजे अनारको जुस दिएँ उनले त्यो पिए पनि । त्यसपछि सुशान्तले ९ बजे नै आफ्नी बहिनीसँग कुराकानी गरे । बहिनीपछि उनले आफ्ना साथी महेश शेट्टीसँग पनि कुरा गरे । महेश शेट्टी अभिनेता हुन् र उनले नै सुशान्तलाई आफ्नो अभिनय करियरको सुरुवात गराएका थिए ।’

‘उनीहरु एकसाथ एकता कपुरको शो ‘किस देश मे होगा मेरा दिल’ मा देखिएका थिए । यी दुई निकै राम्रा साथी थिए र सुशान्तले अन्तिम पटक उनलाई नै फोन गरेका थिए । त्यसपछि उनी आफ्नो कोठामा गए, ढोका भित्रबाट बन्द गरिदिए । जब १० बजे खाना बारे सोध्न गएँ तब उनले ढोका खोलेनन् ।’

‘त्यसको दुई तीन घण्टापछि म्यानेजरले सुशान्तकी बहिनीलाई फोन गरे । त्यसपछि बहिनी आइन् र चाबी बनाउने व्यक्तिलाई बोलाएर ढोका खोलियो । त्यसपछि जो दृश्य हामीले देख्यौं, हामी स्तब्ध भयौं ।’

प्रहरीका अनुसार सुशान्तको मृत्यु १० बजेदेखि १ बजेबीच भएको हो । बहिनी र त्यहाँ उपस्थित अन्य मानिसहरुले सुशान्तको शवलाई पङ्खामा झुण्डिरहेको देखे । उनका घरेलु सहयोगीले नै प्रहरीलाई फोन गरेका हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस