मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख बढी, ट्रम्पद्वारा चुनावी सभाको घोषणा
समाचार

अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख बढी, ट्रम्पद्वारा चुनावी सभाको घोषणा

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कम्तीमा चार राज्यमा आफूले चुनावी सभाको आयोजना गर्ने घोषणा गरेका छन् । कोभिड–१९ का कारण चुनावी सभा स्थगित गरिएको थियो ।ह्वाइट हाउसमा पत्रकारलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नो सभा ओक्लाहोमा, फ्लोरिडा, एरिजोना र उत्तरी क्यारोलीनामा सुरु गर्ने बताएका छन् ।उनले भने, ‘सम्भवतः सबैभन्दा पहिले म ओक्लाहोमामा टस्लाबाट सभाको घोषणा गर्नेछ । यो र्याली अर्को शुक्रबारदेखि सुरु हुनेछ ।’

कोभिड–१९ को संक्रमणलाई थप फैलनबाट रोक्न र खतरालाई कम गर्नका लागि कस्ता प्रकारको सावधानी अपनाइनेछ भनेर केही जानकारी भने दिएनन् ।ट्रम्पको प्रतिस्पर्धा डेमोक्रेटट नेता जो बिडेनसँग छ । अमेरिकामा यसै वर्ष नोभेम्बरमा राष्ट्रपति पदका लागि चुनावको आयोजना हुँदैन ।वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार अमेरिकामा हालसम्म २० लाख बढी संक्रमित रहेका छन् भने मृतकको संख्या १ लाख १५ हजार नाघेको छ ।

स्रोतः बीबीसी

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस