मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • मनिषालाई कोरोना नेगेटिभ
समाचार

मनिषालाई कोरोना नेगेटिभ

काठमाडौं । अभिनेत्री मनिषा कोइराला र उनको परिवारको कोरोना टेस्ट गरिएको छ । भारतको मुम्बइबाट काठमाडौं आएपछि सेल्फ क्वारेन्टाइनमा बसिरहेकी मनिषा र उनको परिवारको कोरोना परिक्षणमा रिपोर्ट नेगेटिभ आएको हो । अस्पतालले मनिषा र उनको परिवार सबैमा कोरोना नेगेटिभ आएको जनाएको हो ।

बलिउडकी चर्चित अभिनेत्री मनिषाले हालै नेपाल सरकारले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साको विषयमा बोल्दा विवादित भारतीइ मिडियामा बनेकी थिइन् ।

उनले नेपालको पक्ष लिएको भन्दै भारतिय मिडियाले मनिषालाई निकै तुच्छ गाली गरेका थिए । तर, मनिषाले त्यसको पनि प्रतिकार गरेकी थिइन् ।

विज्ञापन

नेपालमा भने मनिषाले वाहवाही पाएकी छन् । नेपाली चेली मनिषाप्रति भारतीय मिडियामा आलोचना भइरहेकै बेला गत मंगलबार स्थलमार्ग हुँदै उनी नेपाल आएकी हुन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस