शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • आईपे रेमिट र सेलपेबीच बिप्रेषण कारोबार सम्झौता
विजनेश

आईपे रेमिट र सेलपेबीच बिप्रेषण कारोबार सम्झौता

काठमाडौँ । आईपे रेमिट र सेल पेबीच बिप्रेषण कारोबार सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमकाबीच आईपे रेमिटका तर्फबाट कार्यकारी निर्देशक इन्द्रप्रसाद शर्मा र सेल पेका तर्फबाट प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरे । अब सेलपे प्रयोगकर्ताहरुले डिजिटल माध्यमबाट आन्तरिक विप्रेषण गरी पठाएको रकम नेपालभर छरिएर रहेका ७ हजार ५ सय भन्दा बढी आईपे रेमिटका भुक्तानी काउन्टरबाट सजिलै प्राप्त गर्न सक्नेछन् ।

यसका लागि वालेटको आवश्यकता नपर्ने र बिप्रेषण बापतको रकम सेल पेमा आवद्ध भएका बैँक खाताबाट स्वत।डेविट हुनेछ । आई पे रेमिटले विगतदेखि नै विश्वका विभिन्न मुलुकबाट विप्रेषण रकम नेपाल भित्र्याइरहेको छ । साथै विदेशबाट नेपालमा रहेका बैँक तथा वितिय संस्थामा रियलटाइम बैँक अकाउन्ट डिपोजिटको व्यवस्था रहेको छ ।

अहिलेको विषयमा परिस्थितीमा (कोभिढ–१९) का कारणपनि डिजिटल कारोबारलाई प्रोत्साहन गर्न रियल टाइम अकाउन्ट डिपोजिट र विभिन्न वालेट कम्पनीहरुसंग सहकार्य गरी कारोबार गरिरहेको आई पे रेमिटका बजार प्रमुख रुप नारायण श्रेष्ठले जानकारी दिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस