शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • आईपे रेमिट अब कृषि विकास बैंकबाट भुक्तानी हुने
विजनेश

आईपे रेमिट अब कृषि विकास बैंकबाट भुक्तानी हुने

काठमाडौँ । आईपे रेमिट अब कृषि विकास बैंकबाट भुक्तानी हुने भएको छ । आईपे रेमिट प्रालि र कृषि विकास बैँक लिबीच गत मंगलबार जेठ १३ गते विप्रेषण कारोबार भुक्तानी सम्बन्धी पत्रमा हस्ताक्षर भएको छ । कृषि विकास बैँक लिका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायको उपस्थितीमा सम्पन्न सो कार्यक्रममा आईपे रेमिट प्रालिका तर्फबाट कम्पनीका कार्यकारी निर्देशक इन्द्र प्रसाद शर्मा र कृषि विकास बैँक लिको तर्फबाट बैँकका उपमहाप्रबन्धक यज्ञप्रकाश न्यौपानेले हस्ताक्षर गरेका थिए ।

हस्ताक्षरपछि दुई पक्षबीचको आपसी सहयोगले व्यवसाय वृद्धीमा ठुलो भुमिका खेल्ने भएकोले एक अर्कालाई सहयोग गरी अगाडि बढेर जानुपर्ने बैँकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले बताए । बैँकसंगको सहमतीपछि अब विश्वका जुनसुकै ठाँउबाट पठाइएको रकम नेपाल भर रहेका कृषि विकास बैँकका सबै शाखाहरुबाट प्राप्त गर्न सकिने भएको छ । यसबाट आईपे रेमिटका ग्राहक वर्गलाई थप सुविधा हुने आईपे रेमिट प्रालिका बजार प्रमुख रुपनारायण श्रेष्ठले बताए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस