शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • बलिउड/हलिउड
  • ४८ करोडमा खोलिन् कंगनाले अफिस
बलिउड/हलिउड

४८ करोडमा खोलिन् कंगनाले अफिस

मुम्बई । अभिनयको माध्यमबाट सबैको मन जित्न सफल अभिनेत्री कंगना रनौतले आफ्नो प्रोडक्स हाउस खोलेकी छन् ।

उनले हालै मुम्बईको पाली हिलमा एक प्रोडक्सन अफिस खोलेकी हुन् । जसबाट उनले फिल्म समेत निर्माण गर्ने भएकी छन् ।

प्रोडक्स हाउस उनले अफिस कम र स्टुडियो बढी बनाएकी छन् । भर्सटाइल अभिनेत्रीको रुपमा परिचित कंगनाले आफ्नो निर्देशन र लेखनमा पनि क्षमता रहेको केही पहिले प्रमाणित गरिसकेकी छन् ।

विज्ञापन

कंगनाले नयाँ प्रोडक्सन हाउसको केही तस्बिर सामाजिक संजाल मार्फत शेयर समेत गरेकी छन् । प्रोडक्सन हाउसको नाम मणिकर्णिका फिल्मस् राखिएको छ ।

कंगना अभिनित फिल्म मणिकर्णिकाः द क्वीन अफ झांसी २०१९ मा रिलिज भएको थियो । उनले यो फिल्मबाट प्रेरित भएर अफिसको नाम राखेकी हुन् । कंगनाको यो अफिस सेलिब्रेटी डिजाइनर शबनम गुप्ताले तयार पारेकी हुन् । करिब ४८ करोड भारु खर्च भएको अफिसको ​साउन्ड इको फ्रेन्डलीका साथसाथै प्लास्टिक फ्री समेत बनाइएको छ । अफिस युरोपियन लुक्समा बनेको छ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस