मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अस्ट्रेलियाको सिड्नीमा एकजना विद्यार्थीलाई कोरोना संक्रमण (भिडियो सहित)
समाचार

अस्ट्रेलियाको सिड्नीमा एकजना विद्यार्थीलाई कोरोना संक्रमण (भिडियो सहित)

सन्दिप भट्ट
वैशाख १७, सिड्नी ।
अस्ट्रेलियाको सिड्नीमा एकजना विद्यार्थीलाई कोरोना संक्रमणको पुष्टी भएकोे छ । उनी विद्यार्थी भीषामा रहेका पुरुष हुन् । एउटै युनिटमा बस्ने पा“चजना विद्यार्थीमध्ये एकजनामा केही दिनअघि संक्रमण देखिएको गैरआवासीय नेपाली संघ (एनआरएनए) अस्ट्रेलियाका उपाध्यक्ष तथा न्यु साउथ वेल्स राज्य परिषद्का संयोजक देव गुरुड्डले जानकारी दिए ।
सुरुमा एकजनालाई रुघाखोकी र टाउको दुख्न थालेपछि उनीहरु स्वास्थ्य परीक्षण गर्न अस्पताल गएका थिए । स्वास्थ्य परीक्षण गर्दा एकजनामा कोरोना पोजेटिभ देखिएको भएपनि अन्य चार जनाकोे रिर्पोट नेगेटिभ आएको हो ।
संयोजक गुरुड्डले भने, ‘संक्रमण देखिएको दिनदेखि नै उनिहरुलाई नियमीत सम्पर्क गर्ने तथा पौष्टीक खानाहरु उपलब्ध गराउदै आएका छौं ।’ हाल उनको अवस्था सामान्य छ ।

‘यसअघि संक्रमण देखिएका नेपालीलाई एनआरएनले आफ्नै खर्चमा होटलमा राख्दै आएको थियो, अहिले यहा“को सरकारले नै सवै व्यवस्था गरेको छ ।’ गुरुड्डले थपे, –‘हामीले ती विद्यार्थीहरुलाई खाली मोरल सपोर्ट मात्र गरेका हौं ।’
संक्रमीतसंगै अन्य तीन जनालाई होटलमा राखिएको छ भने दुईजना युनिटमै आइसोलेसनमा बसेका छन् । यसअघि कोरोना संक्रमण देखिएका ९ जना नेपाली विद्यार्थी संक्रमणमुत्त भई नियमीत काममा फर्किसकेका छन् ।
(भिडियो सहित)

विज्ञापन

 

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस