मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • हामी विद्यार्थीका अभिभावक हौँ : एजुकेसन एण्ड माइग्रेसन कर्नर
समाचार

हामी विद्यार्थीका अभिभावक हौँ : एजुकेसन एण्ड माइग्रेसन कर्नर


सन्दिप भट्ट
वैशाख ०९, सिड्नी ।
अध्ययनको शिलशिलमा अष्ट्रेलिया रहेका आफ्ना विद्यार्थीहरुलाई लक्षित गरी एजुकेसन एण्ड माइग्रेसन कर्नरले सहयोग गर्ने भएको छ । कोविड –१९ कोरोनाका कारण रोजगार गुमाएका तथा रोजगार नभएका विद्यार्थीलाई सहयोग गर्न लागिएको एजुकेसन एण्ड माइग्रेसन कर्नर अष्ट्रेलियाका प्रबन्ध निर्देशक सुनिल उप्रेतीले जानकारी दिए । उप्रेती शैक्षिक परामर्शदाताका अलवा स्वाथ्यकर्मी पनि हुन् ।

आफ्नो कन्सलटेन्सीबाट गत जुन २०१८ देखी अष्ट्रेलियामा रहदैआएका रोजगार गुमाएका तथा रोजगार नभएका विद्यार्थीलाई प्रति विद्यार्थी ६० डलर सहयोग गर्न लागिएको प्रबन्ध निर्देशक उप्रेतीले बताए । ‘विद्यार्थीको समस्यामा साथ दिनु हाम्रो कर्तव्य हो । त्यसैले थोरै भएपनि सहयोग होस् भनेर सहयोग गर्न लागेका हौँ ।’ –उप्रेतीले भने ।
विद्यार्थीको अवस्था हेरी करीव साढे २ सय विद्यार्थीलाई सहयोग गरीने छ । ‘अष्ट्रेलियाको जुनसुकै स्थानमा भएका विद्यार्थीलाई पनि हामी सहयोग गछौँ ।’ उप्रेतीले थपे –‘विद्यार्थीलाई नगद पैसा बैंक खातामा हालीदिने भएकाले समस्या नहोला ।’

कर्नरले सहयोग गर्न लागेको जानकारी पाएसँगै विद्यार्थीहरु सम्पर्कमा आउन थालेका छन् । सम्पुर्ण विद्यार्थीको विवरण संकलन गरी अर्को सातावाट सहयोग गर्न सुरु गरीने प्रबन्ध निर्देशक उप्रेतीले जनाए ।  आफ्नो कन्सलटेन्सी हुदै अष्ट्रेलिया आएका विद्यार्थीहरुलाई समस्या पर्दा आफुहरु अभिभावक बनेर सहयोग गर्ने गरेको उनले बताए ।

विज्ञापन

उनले सहयोग प्राप्त गर्न सिड्नीमा रहेको आफ्नो कार्यलय, 02 8084 0236, 0401 407 356 फोन नम्बर या [email protected] मा सम्पर्क राख्न पनि विद्यार्थीहरू समक्ष अनुरोध गरेका छन् । एजुकेसन एण्ड माइग्रेसन कर्नरको सिड्नी, होबार्ट, तथा नेपालको काठमाण्डौ, चितवन, पोखरा, हेटौंडा, दमक, इटहरी बिर्तामोड र बुटवलमा शाखा कार्यलय रहेका छन् ।

अहिलेको अवस्थामा काम विहिन भएकाहरुलाई जुम मिटिगं गरी काम खोज्न परामर्श दिने समेत प्रबन्ध निर्देशक उप्रेतीले वताए । विशेषत स्वाथ्य क्षेत्रसंग सम्वन्धित काम डिस्याबीलीटी तथा उवर ईट्स जस्ता काम कसरी गर्ने ? कामको निवेदन कसरी गर्ने ? भन्ने परामर्श दिने उप्रेतीले बताए । आफुहरुसंग भएको अनुभवले नयाँ तथा कामविहिन विद्यार्थीलाई सहयोग पुग्ने भएकाले जुम मिटिगं गरी परामर्श दिन लागिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस