भरतपुर । नेपाल विद्यार्थी संघको ५०औँ स्थापना दिवसको अवसरमा नेवि संघ रामपुर कृषि क्याम्पस इकाई समितिले कृषि र कोरोना विषयमा वेबनार गरेको छ । कार्यक्रममा प्रोफेसर डां विष्णु विलाश अधिकारी रहनुभएको थियो । वेबनारमा क्वारेन्टीनमा बस्दा कस्ता–कस्ता रचनात्मक क्रियाकलाप गर्न सकिन्छ भन्ने बारे छलफल भएको थियो । वेबनारमा नेवि संघ, क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति प्रसान्त अधिकारी, क्षेत्रिय उप–सभापति प्रकाश श्रेष्ठ, युवा उद्यमी सञ्जय काफले लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा २८ जना सहभागी भएको कार्यक्रमक संयोजक अस्मिता भुसालले जानकारी दिनुभयो ।
फेसबुक प्रतिक्रियाहरु