आइतवार, कार्तिक १६, २०७७
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • चितवनमा सुरु भयो पाँचौ संस्करणको प्रभु पे क्यान ईनफोटेक मेला
सूचना-प्रविधि

चितवनमा सुरु भयो पाँचौ संस्करणको प्रभु पे क्यान ईनफोटेक मेला

चितवन । कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) चितवनको आयोजनामा नारायणगढस्थित पुरानो तरकारी मण्डीमा (शुक्रबार) आजबाट प्रभु पे पाँचौ संस्करणको क्यान ईन्फोटेक मेला सुरु भएको छ । मेलाको एक कार्यक्रमका बीच बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गर्नुभयो ।

कार्यक्रमको उद्घाटन गर्दै मन्त्री दुलालले अब हरेक सरकारी कार्यलयहरुमा सूचना प्रविधिलाई विस्तार गर्नु पर्ने बताउनुभयो ।

उहाँले प्रत्यक कार्यलयमा सुचना प्रबिधीको महत्वपूर्ण हुने भएकाले राज्यका सबै सरकारी निकायहरु प्रविधिमैत्री बनाउन बागमती प्रदेशले प्रकृया सुरु गरेको जानकारी दिनुभयो ।

विज्ञापन

कार्यक्रममा नवलपुर जिल्ला हिसानका अध्यक्ष हरि भण्डारीले समाजलाइ परिवर्तन गर्नका लागी सरकारले सूचना प्रबिधिको विकासमा सरकार अग्रसर हुनु पर्ने बताउनुभयो ।
५ दिनेसम्म चल्ने मेलामा कम्प्युटर हार्डवेयर, सफ्टवयेर, साइबर सुरक्षा, स्मार्ट टिभी, उच्च शिक्षा सम्बन्धी सेवा प्रदान गर्ने कलेज एवम् परामर्शदाताका ९० वटा स्टल रहेका छन् । मेला आईटी क्षेत्रको पछिल्लो विस्तार र ज्ञानलाई उजागर गर्न समेत केन्द्रित हुनेछ । संस्थाका उपाध्यक्ष दिलिपकुमार तामाङका अनुसार मेलामा विशेषत युवा पुस्ताहरुलाई केन्द्रित गरेर आईटी सम्बन्धी अन्तरक्रिया, रोवोटिक्स प्रर्दशनी, डिजिटल नेपाल प्रविधि प्रर्दशनी तथा प्रतियोगिता राखिएको छ ।

मेलामा जनचेतनामूलक कार्यक्रम तथा सेमिनार, टोल विकास संस्थाका प्रतिनिधिहलाई आईटी सम्बन्धी जानकारी मूलक कार्यक्रम समेत हुनेछन् । मेलामा जिल्लामा नै पहिलोपटक हृयाकाथुन आयोजना हुनेछ । मेलाले पर्यटन वर्ष २०२० लाई सहयोग गर्ने समेत बताईएको छ । संस्थाका अध्यक्ष सन्तोष भुषालको अध्यक्षतामा भएको कार्यक्रममा कम्प्युटर एशोसिएशन नेपाल महासङ्घ (क्यान) बागमती प्रदेशका उपाध्यक्ष बिष्णु लामिछानेले स्वागत मनतब्य राखेका थिए । मेला ५ दिन सम्म सञ्चालन हुनेछ ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस