शनिबार, कार्तिक ८, २०७७
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • मंगलबार सुनको मूल्य प्रतितोला ५ सयले घट्यो
अर्थ

मंगलबार सुनको मूल्य प्रतितोला ५ सयले घट्यो

काठमाडौं । मंगलबार सुनको मूल्यमा ५ सय रुपैंयाले घटेर ७६ हजार रुपैयाँमा कारोबार भएको छ। साताको पहिलो दिन आइतबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य सोमबार भने स्थिर रहेको थियो ।

माघ महिनामा दुई पटक प्रतितोला ७६ हजार ५ सय रुपैंयासम्म पुगेर सुनको मूल्य घटेको छ ।मंगलबार तेजाबी सुन पनि प्रतितोला ५ सय रुपैंयाले घटेर ७५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छ । चाँदी प्रतितोला १० रुपैंयाले घटेर ८ सय ८० रूपैयाँमा कारोबार भएको छ ।

साताको पहिलो दिन आइतबार चाँदी तोलाको ८ सय ९५ रूपैयाँमा कारोबार भएको थियो भने सोमबार चाँदी प्रतितोलाको ५ रुपैंयाले घटेर ८ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस