शुक्रबार, मंसिर १९, २०७७
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • ब्रोइलर कुखुराको मुल्य वृद्धि : बजारमा मासु अभाव
अर्थ

ब्रोइलर कुखुराको मुल्य वृद्धि : बजारमा मासु अभाव

चितवन । कुखुराको मासुको मुल्य पाइएन भन्दै केही महिना अगाडि चिन्ता भएका चितवनमा अहिले व्रोइलर कुखुराको अभावसंगै मासुको मुल्य बृद्धि भएको छ ।
ह्याचरी उद्योगले दुइ महिना अगाडि चल्लाको मुल्य पाइएन भन्दै दस दिन उत्पादन नगरी आन्दोलन गरेका थिए । सोही कारणले गर्दा अहिले चितवनमा ब्रोइलर कुखुराको मासु अभाव हुन थालेको हो । आन्दोलनका क्रममा करीब ४० लाख चल्ला र ४५ करोड रूपैयाँ बराबरको अण्डा नष्ट गरेका थिए ।

त्यस्तै, आन्दोलन अवधिभर चल्ला उत्पादन र ओसारप्रसारसमेत ठप्प पारिएको थियो । सोही कारण बजारमा मागअनुसारको आपूर्ती हुन नसक्दा मूल्य आकाशिएको हो । व्यवसायीहरूको यो कार्य उपभोक्ता संरक्षण ऐन २०७५ विपरीत भए पनि सरकारलाई चुनौती दिँदै उनीहरूले उत्पादन बन्द गरेका थिए ।

नेपाल पोल्ट्री सप्लायर्स कल्याणकारी संघका अध्यक्ष रामकृष्ण अर्यालले भन्नु भयो ‘दुइमहिना अगाडि चल्लाको मुल्य पाइएन भन्दै उत्पादन बन्द गराए अहिले ब्रोइलर कुखुरा पाउन मुस्किल भएको छ ।’
‘उत्पादन भए एकैपटक हुन्छ, मुल्य पाइएन भन्दै फेरि बन्द गरिन्छ यसले गर्दा बजारमा अवस्था प्रतिकुल हुन आउछ ’ उहाले भन्नु भयो । किसानको खोरमा अहिले मासुको लागि तयार भएको ब्रोइलर कुखुरा पाउन मुस्किल छ । थोरै कुखुरा छन् त्यो खरिद गर्दा नै मुल्य धेरै तिर्नु पर्छ त्यसैले बजारमा आउदा मुल्य वृद्धि हुन जान्छ । मासुको लागि पालिने चल्ला उत्पादन गर्न नदिएर नष्ट गरियो अहिले आएर मासुको लागि तयार भएको कुखुरा छैन कसरी बजारमा आउँछ अध्यक्ष अर्यालले भन्नु भयो ।

विज्ञापन

दुइहप्ता हप्ता अगाडि मात्रै प्रतिकिलो खुद्रा मुल्य तीनसय २० रुपियाँमा बिक्री भएको मासु अहिले चारसय रुपियाँ माथि पुगेको छ । यो अवस्था केही दिन रहे प्रतिकिलो चारसय भन्दा माथि पुग्न सक्छ अध्यक्ष अर्यालले भन्नु भयो ‘हामी कुखुरा ल्याएर बिक्री गर्छौ चितवनमा मासुको लागि तयार भएको ब्रोइलर सटेज छ त्यसैले किसानले जति भन्यो त्यतीमा ल्याउदा मुल्य बढेको हो ।’

नेपाल कुखुरा पालक किसान संघका केन्द्रीय अध्यक्ष झलक पौडेलले भन्नु भयो ‘किसानलाई समस्यामा पारेर पहिला चल्ला खरिद गर्न नदिएर मारियो अहिले मासुको अभाव भयो भनिन्छ ।’ पाल्नको लागि चल्ला नपाउने, भएका कुखुरा सकिने भएपछि मुल्य वृद्धि स्वभाविक हुन्छ उहाले भन्नु भयो । दानाको कारण लागत मुल्य प्रतिकिलो दुइसय २६ रुपियाँ पर्दछ व्यापारीले प्रतिकिलो दुइसय ४० देखि ५० मा उठाउछ यसमा के धेरै नाफा भयो र उहाले भन्नु भयो ‘केही महिना अगाडि लागत मुल्य उठ्ने अवस्था थिएन अहिले उठेको छ ।’

नेपाल पोल्ट्री संघका कार्यकारी निर्देशक शिवप्रासद वरालले भन्नु भयो ‘भारतबाट आएको अबैध कुखुरा नष्ट गरेपछि केही मात्रमा कृतिम अभाव गरेका छन् ।’ माघ १५ गते भारतबाट आएको अबैद्ध कुखुरालाई बाटोमा नै नष्ट गरेपछि ओसार पसारमा लागेका मजदुरहरुले कुखुरा नउठाउदा पनि केही प्रभाव परेको बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस