मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • विजनेश
  • आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?
विजनेश

आइतबार सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ ।  हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनको भाउ आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको पुस २३ गते सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसपछि घटेर ७४ हजार रुपैयाँसम्म झरेको सुनको भाउ फेरि बढेर आइतबार तोलाको ७६ हजार पाँच सय रुपैयाँ पुगेको हो ।

यस्तै चाँदी आइतबार तोलामा पाँच रुपैयाँ बढेर तोलाको आठ सय ९५ रुपैयाँमा कारोबार भैरहेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस