मङ्लबार, फाल्गुन १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • अर्थ
  • तेस्रो गैडाकोट महोत्सव सुरु
अर्थ

तेस्रो गैडाकोट महोत्सव सुरु

डोलराज रानाभाट,नवलपुर : नगरस्तरीयबाट जिल्ला संघको मान्यता प्राप्त पछि उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले आयोजना गरेको तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु भएको छ । यद्यपी अवको केही समयपछि महोत्सवको औपचारिक उद्घाटन हुनेछ । त्यसअघि विहान ११ बजेबाट सुरु भएको शोभा यात्रा सकिएको छ ।

शोभायात्रामा विभिन्न संघसंस्थाका व्यानर सहित हजारौँको सहभागीता रहेको थियो । आफ्नै गौरव आफ्नै उत्सव, समग्र समृद्धिका लागि गैडाकोट महोत्सव मूल मन्त्र सहित सुरु भएको महोत्सवको शोभा यात्रामा सवैभन्दा अगाडी हात्ती, वगी, त्यसपछि आयोजक समिति सहित विशिष्ट व्यक्तिहरु, त्यसपश्चात विभिन्न संघ संस्थाहरुले शोभा यात्रामा सहभागीता जनाएका थिए । आआफ्ना भेषभूषा सहित र्यालीमा सहभागी भएका स्थानीय कसैले नेपाली पञ्चेवाजा, कौरा, भजन, लाखे आदि नृत्य गर्दै महोत्सव स्थल गैडाकोट २ नारायाणी नदी किनारमा प्रवेश गरेका थिए ।


जिल्लालाई र स्वयम संघलाई पनि देशभर चिनाउन यस पटक विशेष आकर्षणहरु थपिएका छन् । विशेषत स्थानीय उत्पादनलाई जोड दिइएको महोत्सवमा ३५० कुल स्टल मध्ये ३० स्टल निशुल्क उपलब्ध गराइएको छ । महोत्सवका अन्य मुख्य आकर्षणहरुमा लण्डन व्रिजको कृत्रिम आकृति सहितको प्रवेशद्धारा र सेल्फी जोनमा बुर्ज खालिफा रहेका छन् । महोत्सवका यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले उद्घाघटन गर्नुहुने आयोजक उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष एवम् महोत्सवका मुल आयोज समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो ।

विज्ञापन

माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवले नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत थप ऊर्जा थप्ने भट्टचनले बताउनुभयो । कृषि, पर्यटनलाई विशेष जोड दिई सुरु भएको महोत्सवमा दैनिक राष्ट्रिय चर्चित कलाकारहरुको प्रस्तुती सँगै रसिय वेली डान्स, दैनिक नारायणी नदिमा वोटिङ आदि रहेका छन् ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस