शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • शिक्षा
  • ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’मा विद्यार्थीको घुइँचो
शिक्षा

ग्लोबल रिच चितवनको ‘द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर’मा विद्यार्थीको घुइँचो

चितवन । भरतपुर गार्डेन रिर्सोटमा ग्लोबल रिच चितवनको द बिगेस्ट अष्ट्रेलिया एजुकेसन फेयर भव्य रुपमा सकिएको छ । एक दिने फेयर ४ सयभन्दा बढी विद्यार्थीहरुले परामर्श लिएको ग्लोबल रिचका क्षेत्रिय प्रबन्धक सुरेश पौडेलले जानकारी दिनुभयो ।

फेयरको चर्चीत कलाकार सिताराम कट्टेलले उद्धघाटन गरेको थिए । सो अवसरमा उनले विद्यार्थी तान्ने भन्दा गुणस्तरीय सेवामा ध्यान दिन विद्यार्थीहरुलाई अनुरोध गरेका थिए ।

फेयरमा सहभागी विद्यार्थीहरुले अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेजहरुको बारेमा परामर्श लिएका थिए । उनिहरुले ति युनिभर्सिटीमा आध्यापन हुने बिषयका बारेमा पनि परामर्श लिएका थिए । बिभिन्न युनिभर्सिटीबाट उपस्थित भएका प्रतिनिधिहरुले सहभागी विद्यार्थीहरुलाई सहज र सरल तरिकाले परामर्श दिएका थिए ।

विज्ञापन

उनिहरुले विद्यार्थीहरुलाई स्कलरसिपको बारेमा पनि जानकारी गराएको पौडेलले जानकारी दिए । एउटै छाना मुनी विभिन्न युनिभर्सिटी तथा कलेजको प्रतिनिधिहरुको सहभागीता भएकोले विद्यार्थीहरुले आफुलाई अध्ययन गर्न मन लागेको बिषय र कलेजको बारेमा सजिलै परामर्श लिन पाएको सहभागी विद्यार्थीहरुको भनाई रहेको थियो । फेयरमा उपस्थित भई परामर्श लिए पछी बिषय तथा युनिभर्सिटी छनोट गर्न सजिलो भएको विद्यार्थीहरुको बुझाई रहेको छ ।

उपस्थित युनिभर्सिटी तथा कलेजमा प्रतिनिधिहरुले पनि विद्यार्थीहरु परामर्श लिनका लागि निकै उत्सुक देखिएको बताएका छन् । विद्यार्थीहरु निकै उत्सुक्ताका साथ अष्ट्रेलियाका युनिभर्सिटी तथा कलेज सँगै त्यहा पढाई हुने बिषय, स्कलरसिप, त्यहाको रहन सहन बारे बुझ्न खोजेको र आफुहरुले पनि सक्दो सरल तरिकाले बुझाउने प्रयास गरेको उपस्थित प्रतिनिधिहरुको भनाई रहेको छ ।

यस्तै विद्यार्थीहरुले अष्ट्रेलिया युनिभर्सिटी तथा कलेजहरु सँगै बैंकिक प्रकृया बारेमा पनि परामर्श लिएका छन् । अष्ट्रेलिया जानको लागि गर्नु पर्ने बैंकिक प्रकृया बारे सहभागी बैकहरुले विद्यार्थी तथा अभिभावकहरुलाई परामर्श दिएको पौडेलले जानकारी दिनुभयो ।

विद्यार्थीहरुले पीएसडब्लु भिषाको बिषयमा पनि परामर्श लिएका थिए । यस्तै उपस्थित कलेज तथा युनिभर्सिटीका प्रतिनिधिहरुले अस्ट्रेलियाको ‘डिपार्टमेन्ट अफ होम अफेयर्स’ ले नेपाललाई लेभल–३ एसेसमेन्ट लेभलमा राखेपछीको प्रकृयाहरुको बिषयमा पनि परामर्श दिएको पौडेलले बताए ।

मार्च अप्रिल र जुलाई इन्टेकलाई लक्षित गर्दै आयोजना गरिएको मेलामा उपस्थित विद्यार्थीहरु मध्य केहीलाई लक्की ड्र मार्फत आईईएलटीएस तथा टोफेलका कक्षा निशुल्क दिईने उनले बताए । यस्तै उपस्थित सबै विद्यार्थीहरुलाई उपहारको समेत व्यवस्था गरिएको थियो ।

सोही मेलामा तीन वटा बैंकहरुले पनि बैंकिक प्रकृया बारे परामर्श दिएका थिए । नबिल बैंक, एसबीआई बैंक र सिदार्थ बैंकको स्टलबाट विद्यार्थीहरुले बैंकिक प्रकृया बारे परामर्श दिएको पौडेलले जानकारी दिए । ग्लोबल रिचले हरेक बर्ष दुई वटा शैक्षिक मेला आयोजना गर्दै आईरहेको छ । आईतवार सम्पन्न मेला वर्ष २०२० को पहिलो हो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै

सिफारिस