चितवन : नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा तीज सम्बन्धी विभिन्न गीतहरु सार्वजनिक हुने क्रम गर्माएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि विभिन्न लय तथा शब्दका तीज गीतहरु धमाधम बजारमा ल्याउन गायक तथा गायिका यतिबेला अति नै व्यस्त छन् ।
तीजकै अवसर पारेर चितवनका गायक प्रदीप त्रिपाठीले ‘चरी’ बोलको नयाँ गीत बजारमा ल्याएका छन् । भरतपुर १३ राईनोकुञ्ज घर भएका गायक प्रदीप त्रिपाठीको गीतमा तीज पर्वको मौलिकता झल्काउन खोजीएको छ । बाबु आमा नहुँदा चेलीको मनमा खेलेका कुराहरु गीतमार्फत प्रस्तुत गर्न खोजिएको छ । माइतीमा बाबुआमा नहुँदा माइती जान मन नलागेका कुराहरु कलात्मक ढंगबाट प्रस्तुत गरिएको तीज गीतमा प्रदीप त्रिपाठीलाई राधिका हमाल र कमला दाहालले स्वर दिएका छन् ।
नेपाली समाजको मौलिकता बोकेको यस गीतमा लय गायिका कमला दाहालको रहेको छ भने गीतलाई घनश्याम रिजालले लेखेका हुन । राकेश सानीले ऐरेन्ज गरेको गीतलाई दिपक गिरीले छायाकंन, निशान एसकेले निर्देशन र प्रकाश एसकेले सम्पादन गरेका हुन । यसअघि पत्रकार ऋषि धमलाको बारेमा गीत गाएर ख्याति कमाएका लोक तथा दोहोरी गायक प्रदीप त्रिपाठीको यस गीतले समेत दर्शकको अपार माया पाउने विश्वास लिएका छन् ।
उनि भन्छन् –मैले गीतमार्फत पर्वको मौलिकताको संरक्षण गर्न चुकेको छैन त्यसैले गीत सबैको प्रिय बन्छ । तीजमा दिदी लिन गएको भाईलाई तिहारमा आउने बाँचा दिएको कुराहरु गीतले समेटेको यसको भिडियोलाई पनि अत्याधिक मन पराइएको छ । गायक त्रिपाठीकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको झण्डै आठ मिनेटको छ । गीतको भिडियोमा दुर्गा सापकोटाले दिदीको र किरण दहालले गरेको भाईको अभिनय दर्शकले रुचाएका हुन ।
फेसबुक प्रतिक्रियाहरु