मङ्लबार, फाल्गुन १८, २०७७
जोडिनुहोस
  • होमपेज
  • साहित्य
  • अक्षर साहित्य प्रतिष्ठानद्वारा चितवनका दुई पत्रकार सम्मानित
साहित्य

अक्षर साहित्य प्रतिष्ठानद्वारा चितवनका दुई पत्रकार सम्मानित

भरतपुर : अक्षर साहित्य प्रतिष्ठान कैलालीले चितवनका दुई पत्रकारलाई सम्मानित गरेको छ ।  सम्मानित हुनेहरूमा पत्रकारहरु लेखराम सापकोटा र अनिल ढकाल रहेका छन् । सापकोटा र ढकाललाई लामो समयदेखि पत्रकारिताका माध्यमबाट नेपाली साहित्य, कला र संस्कृतिको संरक्षण र विकासमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको प्रतिष्ठानका अध्यक्ष धनराज अविरलले जानकारी दिए । सापकोटा कायाकैरन दैनिकमा कला, साहित्य बिट हेर्छन् भने ढकाल अन्नपूर्ण पोष्ट दैनिक र एपीवान टेलिभिजनका चितवन जिल्ला संवाददाता हुन् । ढकाल प्रेस युनियन चितवनका अध्यक्ष समेत हुन् । त्यस्तै सोही कार्यक्रममा ॐ कार्की स्मृति साहित्य प्रतिष्ठानका सचिव अर्पणा कार्कीलाई पनि सम्मान गरियो ।

प्रतिष्ठानले पछिल्लो समय नेपाली साहित्य र संस्कृतिको उत्थानमा योगदान दिँदै आइरहेको छ । सोही कार्यक्रममा विशेष रचना वाचनअन्तर्गत प्रदेश नम्बर ४ का संगम संयोग, प्रदेश नम्बर २ का रोमा लम्साल, प्रदेश ३ का सरला जोशी र सूदुरपश्चिम प्रदेशका वीपी खनालले रचना सुनाए । सम्मानित स्रस्टालाई स्रस्टाकै आँगनमा पुगेर सम्मान गर्ने योजना अनुरुप प्रतिष्ठानका टोली चितवन आएका हुन् । कार्यक्रममा सरोज सुमन, गुराँस ठकुरी, अमिता आख्यानलगायतले रचना सुनाएका थिए ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

सिफारिस