शुक्रबार, साउन २३, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • विनोद रानाभाट : ब्लड मनि, भ्रम र यर्थात
विचार/ब्लग

विनोद रानाभाट : ब्लड मनि, भ्रम र यर्थात

–विजयराज अधिकारी
आज यो सन्दर्भमा लेख्न जाँदै गर्दा विदेशका जेलमा व्यक्ति हत्याको अभियोगमा थुनामा परेका नेपालीलाई छुटाउन पीडक पक्षले पीडित पक्षलाई सम्बन्धित देशको कानुनी रुपमा फैसला भएको क्षतिपूर्ति बापतको रकम भन्नेबारे तपाईंहरुले बुझिरहनु भएको छ । समान्य रुपमा यो बुझाइ सहि भए पनि धेरै अर्थमा यो बुझाइ अपुरो मानिन्छ । ब्लड मनिलाई विश्व शब्दकोषमा दुइ प्रकार ले व्याख्या गरिएको छ । पहिलो माथि उल्लेखित गरे जस्तै भनिएको छ भने दोस्रो कसैको हत्याका लागि दिइने सुपारी सम्झौता स्वारुपको पैसालाइ पनि ब्लड मनि भनिन्छ  ।

घटनाको मुद्दा माथि सम्बन्धित देशको अदालतले गरेको फैसला अनुसार बल्ड मनि तिरेर धेरै नेपाली मृत्युदण्डको मुखबाट  बचेका छन । तर सबै ठाउँ वा सन्दर्भमा यो लागू नहुन पनि सक्छ । अदालतले तोकेको बल्ड मनि माथी को निर्णय अदालत को फैसला अनुसार नै पीडित पक्षले बुझिदिएमा अर्थात बल्ड मनि स्विकार गरिदिएमा थुनामा रहेको व्यक्ति सबै कानुनी प्रक्रिया पूरा गरि स्वदेश फर्कन पाउँछ अन्यथा परिवारले ज्यान को बदला ज्यान भनिदिएमा जति सुकै पैसा संकलन गरे पनि त्यो पैसाले थुनामा रहेर सजाय भोगिरहेको व्यक्तिलाइ बचाउन सकिँदैन । मृत्युुदण्डको सजाय सुनाइएका यस्ता प्रकृतिका घटना मा पीडित पक्षका परिवारको निर्णय सर्वमान्य हुन्छ । तर, ध्यान दिनु पर्ने कुरा के छ भने पीडित परिवारले ब्लड मनि स्विकार्दै मर्ने मरिहाल्यो फेरि अर्काको ज्यान किन लिने भनेर भनियो भने सम्बन्धित देशको सम्मानित अदालतले तोकेको मृत्युदण्ड पनि माफी हुन सक्छ, यस्ता उदाहरण धेरै छन ।

हालै एउटा घटना निकै चर्चामा छ । कतारको जेलमा भारतीय नागरिक हत्या गरेको प्रमाणित भएपछि थुनामा रहेका चितवनका विनोद रानाभाटको घटना  । उनी घटनाका दोषी हुन र अदालत ले ३ वर्ष जेल सजाय सहित २ लाख ६० हजार कतारी रियाल ब्लड मनिको फैसला गर्यो । जब यो फैसला आयो, तब उनकाबारेमा मिडियामा अनेक समाचार र अफवाहहरु फैलाउदै विनोद रानाभाट बचाउ अभियान विभिन्न देशबाट सुरु भयो । हो, उनी जेलमा थुनिएका छन, उनी माथी हत्या गरेको मुद्दा  छ, तर उनलाइ मृत्युदण्ड तोकिएको भने होइन ।

विज्ञापन

विभिन्न ठाउँबाट रानाभाटलाई ‘मृत्युुदण्ड हुने भयो, २ लाख ६० हजार कतारी रियाल ब्लड मनि बुझायो भने उनी रिहा हुन्छ्न’ भन्दै रकम संकलन भैरहेको छ । रकम आवश्यकता भन्दा धेरै उठेको पनि देखिन थालेको छ । तर, एउटा कुरामा कसैले ध्यान दिएन । रकम उठाएर मात्र विनोद रिहा हुदैनन । दोब्बर रकम उठे पनि विनोद रिहा हुँदैनन । किनकी विनोद रानाभाटले तिर्नु पर्ने जुन ब्लड मनिको रकम हो त्यो रकम लिने वा नलिने भन्ने बारेको अन्तिम निर्णय पीडित पक्षको हातको कुरा हो । यदि पीडित पक्षले रकम लिन अस्विकार गरिदिएको खण्ड मा विनोद रानाभाटलाई मृत्युदण्डको सजाय त हुदैन तर आजिवन काराबास को सजाय हुन सक्छ । आजिवन काराबास भनेको कतारि कानुनमा  अधिकतम २० वर्षलाइ मान्यता दिइएको छ ।

यहाँ सबैले ध्यान दिनुपर्ने र अत्यन्तै महत्वपूर्ण कुरा के छ भने सम्बन्धित पीडित पक्ष अहिलेसम्म अदालतको फैसला पछि यो ब्लड मनिका बारेमा केही बोलेको छैन । उनीहरुले यो ब्लड मनिलाइ स्वीकार गर्ने वा नगर्ने भन्ने अवस्थामा पनि छैनन । तर, नेपाली समुदायका तर्फबाट पहल भने भइरहेको छ । पीडितका परिवार तर्फका व्यक्तिलाई भेटेर ‘घट्ना घट्यो, अब जो थुनामा छ, उसलाइ छुटाउन ब्लड मनि स्वीकार गरिदिनु प¥र्यो’ भन्दै कतारमा रहेका नेपाली समुदायका सागर नेपाल  लागिरहेका छन् । तर, अहिलेसम्म राजदुतावास मार्फत पीडित पक्षसँग को सम्वाद जारी रहे पनि कुनै लिखित सहमति वा सम्झौता भएको छैन । यसको मतलब एकतर्फ आवाश्यकता भन्दा बढी सहयोग रकम संकलन हुने र अर्कोतर्फ पीडित परिवारले रकम अस्विकार गरेमा रानाभाट जेल मुक्त हुन नसक्ने अवस्था छ । यस्तो चूनौतीपूर्ण समयमा अहिले नेपालमा ‘अब पैसा उठिहाल्यो रानाभाट रिहाइ भैहाल्छन, उनी रिहा मात्र होइन उनलाइ नयाँ जीवनको उपहार पनि दिन सकिने भो’ भन्ने छ । आखिरमा त्यो होइन । सम्पूर्ण निर्णय पीडित परिवारको हातमा हुनेछ ।

इस्लामिक कानुन तथा अरवी साहित्यमा एमए गरी कतार स्थित राष्ट्रिय मानवअधिकार आयोगमा कार्यरत कानुनका विज्ञ मोहम्मद रमजान अलि मियाका अनुसार यो एउटा नयाँ जीवन पाउने मौका मात्र हो, तर यसमा सबै पैसाले मात्र नयाँ जीवन दिदैन । कानुनी पक्षलाई बुझ्ने हो भने केही कुरा हामीले बुझ्नु पर्ने हुन्छ । सम्मानित अदालतबाट जारी भएको फैसला बमोजिम रानाभाटले अब्दुल्लाह कुटि अशरफ भन्ने भारतीय नागरिकको हत्या गरेको ठहर गरेको छ । अरवी वाक्य लाई मध्यनजर गर्ने हो भने प्रस्तुत मुद्दामा कतारी कानुनका दुई धारा आकर्षित भएको देखिन्छ ‘हुक्म ए असली र हुक्म ए फरइ ’। ( यी इस्लामिक कानुन का धारा हुन)

फैसलाको दुवै धारामा मृत्युदण्ड तथा आजीवन काराबास तथा  फासीको कुनै  जीकिर छैन । हो यति कुरा दोस्रो धाराबाट प्रष्ट हुन्छ कि ब्लड मनी नतिरेसम्म कैदमा बस्नु पर्नेछ । त्यो पनि कानुनले व्यवस्था गरे अनुसार । जसको निर्धारण सिविल कोर्टमा च्यालेञ्ज गरे वा मृतकको परिवार सहमतिमा आएको आधारमा पनि हुन्छ । यस फैसला लाई आधार मान्ने हो भने यदि हालसम्म पनि विनोद रानाभाटको तर्फबाट पुनरावेदन भएको छैन भने पुनरावेदन गर्न मिल्ने आधार समयावधि भित्र हुन पनि सक्छ नहुन पनि सक्छ । यी दुई कुरा फरक–फरक सबुत प्रमाणको आधारमा हुनेछन । यसैगरी प्रस्तुत मुद्दालाइ सिविल कोर्टमा च्यालेञ्ज पनि गर्न सकिन्छ यदि हामी केही सबुत प्रमाण जुटाउन वा कुनै माध्यम बाट रानाभाट निर्दोष देखिने केही झिनो आधार छ भने।

इस्लामी शरीयाह कानुन अनुसार दियतको व्यवस्था अनुरुप परिवारले सहमति जनाएमा ब्लड मनि ( भुक्तानी ) अदा गरे पश्चात् फैसला भएको मिति वा आफुले कैदमा रहेको मिति कटाएर बाकी अवधी कट्टा गरि यो फैसला बर्हिगमन अर्थात डिपोर्टेशन मार्फत निज सहजै नेपाल फिर्ता हुन सक्ने प्रसस्त कानुनी ब्यवस्था रहेको छ । कानुनी दफा नम्बर १–३०६०५१ । पुनरावेदन भएको छैन र यसै फैसलालाइ अन्तिम मान्ने हो भने विनोद रानाभाटले ३ वर्ष जेल सजाय काट्नु पर्नेछ । सजाय स्वरुप कतारबाट डिपोर्ट हुनु पर्ने सम्मानित अदालतको फैसलामा जीकिर गरिएको छ । यसलाइ अरवी भाषामा ‘हुक्म ए असली’ भनिन्छ । हत्या नै गरेको साबित भएपनि इस्लामी शरीया कानुनमा समूहगत रुपमा हत्या र एकल रुपमा गरेको वा ठहरिएको हत्यामा ठूलो अन्तर देखाइएको छ र हुने सजाय पनि फरक फरक प्रकृतिका छन ।
कत्ल ए खता, कत्ल ए अमद इत्यादि ..

अनि सजाय (१) कसास अर्थात बराबरी, सोही प्रकृतिको सजाय ज्यानको बदला ज्यान( खुनको बदला खुन)
(२) दियत अर्थात जे जस्तो भएता पनि अर्कोको ज्यान नलिइयोस र आर्थिक मामिला बाट समाधान।
यसैगरी ३ वर्ष काराबास र मृतकको परिवारलाइ २ लाख ६० हजार अक्षेरुपी दुई लाख साठी हजार कतारी रियाल ब्लड मनि पनि तिर्नु पर्ने छ । यस कानुनी प्रावधान लाई हुक्म ए फरई भनिन्छ । यसैगरी यदि नीजले समय अवधि भित्र सो व्यवस्थापन गर्न नसकेमा यो सजाय लामो समय कराबासमा परिणत पनि हुन सक्नेछ जसलाइ अरबी कानुनमा ताअन भनी व्याख्या गरिएको छ । तर, सञ्चार माध्यममा आएजस्तो मृत्युदण्ड अथवा फासीको सजाय भने हुदैन । यसैगरी सम्बन्धित देशको कानुनि व्यवस्थाको धज्जी उडाउने  खालका समाचार तथा समाजिक सञ्जालमा अस्वभाविक टीका टिप्पणी  गर्ने र झुन्ड्याएर मार्ने अनि फासीमा झुन्ड्याउने निराधार कुराहरु सम्प्रेषण गरी आमजनमानसमा डर त्रास र भ्रम सृजना नगर्न नगराउन पनि इस्लामिक कानुनका ज्ञाता रमजान बाबुले विनम्र अनुरोध गरेका छन । हो अरबका केही राष्ट्रमा मृत्यु दण्डको कानुनी व्यवस्था छ । तर, त्यो अत्यन्तै जटिल र गम्भीर प्रकृतिका मुद्दामा छ । मृत्यु दण्डको प्राकृति पनि फरक फरक रहेको छ जस्तै गोलि हानी, लामो समय काराबास, ठूलो जरिवाना देश निकाला इत्यादि ।
बरु सकिन्छ भने यथाशीघ्र मृतक अब्दुल्लाह कुटिको परिवारसँग भेटेर परामर्श गरि मेलमिलापमा आउन आव्हान गर्न पहल गरौं यो भनेको उत्तम र अहम पक्ष हो जुन प्राथमिकतामा पर्नु पर्ने थियोे र हाल सम्म हुन नसकेको तर प्रयास जारी छ । अब आयो कुरा सहयोग जुटाउने । एउटा नजिर फेला परेको छ, जुन केही वर्ष अगाडि कतारमै यस्तै प्रकृतिको एउटा घटना घटेको थियोे । सिराहाका चन्द्रशेखर यादवलाइ पनि मृत्यु दण्डको सजाय सुनाइएको थियोे । उनको रिहाइका लागि कतारको नेपाली समाजले ऐतिहासिक कदम चाल्दै नेपाली राजदुतावास कतार र  एनआरएन एएनसिसि को सहयोगमा तत्कालीन राजदुत सूर्यनाथ मिश्रको तदारुकतामा सहयोग संकलन गरि मुद्दाको किनारा लगाइ आरोपित चन्द्रशेखर यादवलाई सकुशल स्वदेश फर्काउन सफल भएको थियोे । सम्मानित अदालतको फैसला अध्ययन पश्चात् इस्लामिक कानुनका ज्ञाता कानुनविद रमजान बाबूले यस मुद्दालाई पनि सोही प्रकृतिको देखेका छन । उद्दार एवं सहयोग पनि सोही बमोजिम गर्दा उचित हुने बताउँछन ।

त्यसैले यो यस्तै प्रकृतिका घटना लाई सामान्य रुपमा लिएर पैसाले काम गरिहाल्छ नि भन्दै हिड्यो भने रानाभाट आजीवन काराबासमा जान पनि सक्छन । रानाभाटका परिवारलाई पनि ‘अब पैसा उठ्यो छोरो फर्केर आइहाल्छ, पैसा उठाएर भए पनि छोरा लाई बचाइहाल्छन’ भन्ने तरिकाले हल्का रुपमा मिडियामा नबोल्न पनि विनोद रानाभाट सहयोग समुहका संयोजक सागर नेपालले आग्रह गर्छन् । नेपाल आँफै सक्रिय भएर पीडितका परिवारसँग निरन्तर संवादको प्रयास गर्दै यस घटना र ब्लड मनि स्विकार्न आग्रह गर्ने लबिङको नेतृत्व पनि गरिरहेका छन् ।
( लेखक अधिकारी गैर आवासिय नेपाली संघ कतारका कार्यसमिति सदस्य तथा रानाभाट सहयोग समूह कतारका मिडिया संयोजक  हुन )

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

“बाँच्न बिर्सेका पलहरु”
फिचर
“बाँच्न बिर्सेका पलहरु”

“ बाँच्न बिर्सेका पलहरु “ मेरा आसाहरु पनि चौरिदै गाको छ मेरो अनुहारको छाला चौरीएझै मेरा सपनाहरु पनि धुवालिदै गएको छ मेरा आखाका ज्योती धुवलिएझै विज्ञापन तर खै किन किन मेरा आसक्ती अझै निस्तेजिने ठाँउमा अझै पानी पर्दा च्याउ उम्रे झै उमृएछ मेरा सार अङ्गहरु मेरा नियन्त्रणभन्दा बहिरिन थलेछ यो जिवनको चुहा बिल्लीको दैडमा मैले मेरै सपनाहरु बाच्न बिर्से पहिले पैसाको पछाडी दौडदा दौडदै सारा शरीर लुटाए अब फेरि बिग्रेको शरीरबनाउन सारा पैसा लुटाए यो जिवन जिउन नपाउँदै यो सारा जीवन गुमाए खै किन किन भुझनै सकिएन यो जीवन अनि आफनै शरीरलाई शुन्यताबाट थालिएको यो जिवनको यात्रा शुन्यतामै टुंगियो सपनाहरु बाँच्न नपाउदै चङ्गाको धागोनै चुडियो मलाइ ताजुब लाग्ने एउटै कुरा छ फेरि के को लागि मैले यो यत्रो दौड के को लागि गरे त यस्तो दौड जस्को न जित छ नत हार नै मलाइ पहिले केवल गन्तब्यको अन्त मात्र देखिन्थ्यो बाटाका सारा…साना साना कुराहरु त मैले नियाल्नै बिर्से छु यति सम्म कि त्यहाँ बाटामा पैतला तलका हिरलाइ नि ढुङ्गा ठानेर कुल्चे पहिले यो अन्तको हिरा मत्रै देखिन्थ्यो अब यहाँ आइ पुग्दा यो ,त्यो पारस्मनी जस्तो लाग्छ जस्ले बाटाका सारा ढुङालाइ हिरा बनौने चकरमा आफै पो ढुङ्गा बने छ अब बल्ल बुझे परस्मनी त गन्तब्यको बाटो पो रहेछ अब पचुताउनु बाहेक केहि रहेन बाटो त नियल्नै बिर्से मलाइ लाग्छ म यस्तो गन्त्व्यको खोजिमा थिए जस्को अन्न्त खोज्द खोज्दै आफ्नै अन्न पोआएछ समय बचाउने चकरमा केहे गरिन अब त न गरेको काम छ न त समय नै त्यति बेला खै मलाइ कहाको हतार हुन्थ्यो मेरो अनुभव साथ साथ मेरो दृस्टी नि आधा आध भको थियो मेरो नजरमा बसन्तको नविनता नि शिशिरको उजाड झै लाग्थ्यो प्रकृतिको सुन्दर्ताको बिस्तार नि मलाइ धुवाँको रवाफ झै लाग्थ्यो यहाँ सम्म कि कोकिल्को मिठासयुक्त गित पनि मलाइ गाली अनि disturb जस्तो लाग्थ्यो बाल्ल थाहा पाए मैले बाँच्नै बिर्से अब सम्झेर पनि के गर्ने त्यसैले यार जीवन को हरेक पल को आनन्द लिनु पर्छ किनकी सब पल जिवनमा एक पल्ट मात्र आउँछ।।। -पंकज

  • १ महिना अगाडि

भर्खरै

सिफारिस