शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • पहुँचका आधारमा हुने रकमान्तर रोकिनुपर्छ : कृष्णभक्त पोखरेल
विचार/ब्लग

पहुँचका आधारमा हुने रकमान्तर रोकिनुपर्छ : कृष्णभक्त पोखरेल

भरतपुर : चितवनमा केही वर्ष यता राष्ट्रिय गौरवका योजना पर्ने क्रम बढेको छ । चितवनको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा पनि विकासले फड्को मार्दैछ । भरतपुर महानगरको मुख्य शहरी क्षेत्र सहित १० वटा वडा, कालिका नगरपालिका र इच्छाकामना गाउँपालिका मिलेर यो निर्वाचन क्षेत्र बनेको हो । पहाडी भुगोल रहेको इच्छाकामनामा विकास गर्न थोरै बजेटले नपुग्ने देखिन्छ । यही निर्वाचन क्षेत्रमा औद्योगिक क्षेत्र समेत बनाउने काम अघि बढेको छ । यो निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जितेका कृष्णभक्त पोखरेलले जितेका थिए । उनी प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति समेत हुन् । पोखरेल नेकपा चितवनको सचिव समेत हुन् । सांसद पोखरेलसँग विप्लव काफ्लेले विकास, कानुन र राजनीतिबारे गरेको कुराकानी सार

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सांसद बन्नुभयो, यो निर्वाचन क्षेत्रमा विकास के के भए ?

चितवनको मध्यभागमा मेरो निर्वाचन क्षेत्र पर्छ । चितवनको सदरमुकाम भरतपुर पनि यहीँ पर्छ । भरतपुर महानगरको मुख्य शहरी भाग पनि समेटिएको छ । अत्यन्तै विकट मानिने जुम्लासँग तुलना गर्न मिल्ने पहाडी भेग इच्छाकामना गाउँपालिका पनि यहीँ छ । कालिका नगरपालिकाको ९० प्रतिशत बढी चेपाङ बस्ने क्षेत्र २ नम्बर वडा पनि यहीँ पर्छ । २ नम्बर क्षेत्र पहाड र मधेसको अन्तरघुलन भएको क्षेत्र हो । शक्तिखोरदेखि फिस्लिङ जाने बाटो झण्डै ७८ करोड लागतमा बन्ने काम सुरु भइरहेको छ । चितवनको पुरानो सदरमुकाम उपरदाङगढी पुग्न भोर्लेबाट बाटो लैजाने योजना छ । रणनीतिक सडकका रुपमा परेको योजना छ । यो वर्ष ३ करोड बजेट थियो । भोर्लेबाट करिव ७ किमि दक्षिणपूर्व गएपछि पुरै पहाडी मौसम पाइन्छ । चैत वैशाखमा समेत सिरक ओडेर सुत्नुपर्ने हावापानी छ । चौकीडाँडा, दाहखानी लगयातका ठाउँमा सुन्तला खेती व्यापक छ । धेरै पहिला काठ्माण्डौबाट मधेस झर्दा प्रयोग हुने बाटो धादिङ–हात्तिवाङ–सिराइचुली बाटो स्तरोन्नतीको काम भैरहेको छ । सबै सिजनमा हिड्न मिल्ने बनेको छ ।
इच्छाकामना–६ को ढुंग्रे जहाँ बाटो थिएन, जलवीरेबाट करिव ३ सय मिटर मात्रै बाटो थियो । जलवीरे–ढुंग्रेसम्म करिव २० किमि बाटोको युद्धस्तरमा काम भैरहेको छ । काउलेमा विद्युतीकरणको काम भैरहेको छ । तर, पोल र तार गाड्ने काम भयो । चितवन वा धादिङ कहाँबाट लाइन छाड्ने भन्ने टुंगो लाग्न नसक्दा विद्युत उपभोग गर्ने वातावरण बनिसकेको छैन । सानो वस्ती छ । चितवनबाट टाडा पर्ने, धादिङबाट नजिक पर्ने क्षेत्र हो । तर, विद्युत महसुल उठाउन कठिनता आउने भन्दै धादिङबाट लाइन छोडिएको छैन । यो समस्या हल गर्न लागिपरेका छौँ । साइकलबाटै लोपोन्मुख जनावर हेर्न मिल्ने गरी भरतपुर महानगर क्षेत्रमा साइकल लेन सहितको रिंगरोड बनाउने काम सुरु भइरहेको छ । डिपिआर बन्दैछ । सांसद कार्याकालमै यो योजना पूर्ण हुनेछ । भरतपुर–१ जलदेवी क्षेत्रमा कोरियन सरकारको सहयोगमा ल्याण्डफिल साइट बन्दैछ । एक घण्टा पानीका लागि हिड्नुपर्ने अवस्था छ । कविलास चौकिडाँडामा खानेपानी आयोजना सुरु हुदैछ । कुरिनटार, जुटपानी खानेपानी आयोजनालाई विस्तार गरिदैछ । कालिकामा कर्वड हल बनाउन १ करोड छ । पूर्वीराप्तीमा तटबन्धनको काम हुदैछ । राज्यको प्राप्त स्रोतसाधनको अधिकतम्् प्रयोग गरेर समृद्ध बनाउन लागेका छौँ ।

विज्ञापन

चितवन ३ मा नेकपा अध्यक्ष प्रचण्ड, १ बाट पूर्वअर्थमन्त्री पाण्डेले धेरै बजेट पारेको देखिन्छ । भौगोलिक हिसाबले विकास गर्न जटिल देखिएको क्षेत्रमै बजेट कम किन भइरहेको छ ?

विगतमा तराई समृद्ध कार्यक्रम अन्र्तगत ४ अर्ब चितवनले पाएको थियो । त्यो पैसाको उच्च प्रयोग ३ नम्बरमा भयो । मेरो निर्वाचन क्षेत्रमा १ अर्ब जति भएको छ । ३ अर्ब ३ मै प्रयोग भएकाले धेरै गएको देखिनु स्वभाविक हो । विगतमा अर्थमन्त्रीहुँदा सुरेन्द्र पाण्डेले धेरै योजनालाई पाइपलाइनमा पार्नुभएको छ । तीनै योजना क्रमागत रुपमा छन् । यसपटक आउने त्यस्तो कम बजेट २ नम्बर क्षेत्रमा परेको छैन । शहरी विकास मन्त्रालयबाट आएका २३ योजना मध्ये १२ योजना २ नम्बर क्षेत्रमै छन् । भौतिक योजना मन्त्रालय, खानेपानी मन्त्रालयका योजनामा पछि परेको छैन । योजनामा बराबरीनै छ । बजेट विनियोजन गर्ने प्रणाली पहुँचका आधारमा, मन्त्री, नेतामुखी बजेट हने गरेको देखिन्छ । तर, अन्तिम अवस्थामा रकमान्तर गरेर बजेट ल्याउने प्रणाली गलत प्रणाली हो । असारे बजेट बाड्ने क्रममा पहुँचवाला नेता जहाँ पुग्छन्, त्यही जाने अवस्था छ । म विधि निर्माणमा सक्रिय छु । भोली मन्त्री हुने, आँफुलाई कसो गर्दा राम्रो हुन्छ सोचेर सचिवहरुले खोजी खोजी बजेट रकमान्तर गरेर पठाउँदा त्यस्तो भएको हो । ठुला परियोजनामा २ नम्बर क्षेत्र ओझेलमा परेको छैन ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमका योजना मध्ये सडकमै धेरै लगानी भएको देखिन्छ । धेरै भरतपुरमा थोरै इच्छाकामनामा योजना परेका थिए । विकास विकटमा धेरै हुनुपर्ने होइन र ?

जनता, भोट पनि हेर्नुप¥यो । भरतपुरमा १० वडा मेरो निर्वाचन क्षेत्रमा पर्छ । एउटा गाउँपालिका बराबरको क्षेत्र हो । भरतपुरमै पनि समस्या छन् । अलि बढी ध्यान विकट क्षेत्रलाई दिएकै छु । राष्ट्रियस्तरका कार्यक्रम पार्न लागेको छु । गैरीबारी र उपारदाङगढी बाटो तीन करोड, भोर्ले दाहखानी बाटो तीन करोड, त्यो रकमान्तर गरेरै ल्याएको हो । ठुला गौरवका योजना ल्याउँदा पहाडी क्षेत्रलाईनै ध्यान दिएको छु ।

सांसदकै अगुवाईमा खर्च गर्न सक्ने गरी बढाएर ६ करोड छुट्टाइएको छ । यो कति न्यायोचित हो ?
चुनाव लड्दा सांसद नीति निर्माणकर्ता हो । नीति प्रयोग भयो भएन निगरानीकर्ता हो । त्यसकारण मलाई भोट दिनुस् भनेर हिडेका थियौँ । तर, भोट माग्दा बाटो पीच गर्छु, ढल व्यवस्था गर्छु । विद्यालयको छाना फेर्न सहयोग गर्छु भनेर मत माग्ने प्रवृत्ति सुर्धानैपर्छ । भारत, पाकिस्तानमा पनि अभ्यास छ । जनतासँग जोडिनैप¥यो । दलभित्र पनि बहस चलेको छ । आगामी निर्वाचनमा भोट माग्दा अब स्थानीय तहले बाटो बनाउने, अलि ठुला प्रदेशले, राष्ट्रिय गौरवका योजना संघीय सरकारले बनाउने हो भनेर बुझाउन जरुरी छ । सांसद विकासमा जोडिनु अन्याथा होइन । जनपक्षिय थुप्रै ऐन कानुन बनाउन मैले खेलेको भूमिकाबारे जनताले काम ग¥यो भनेर बुझ्ने अवस्था बनिसकेको छैन । तर, सांसद विकास कोषका कुनै पनि योजनामा भ्रष्टाचार भएको छैन । उपभोक्ताले पनि त्यस्तो काम गरेका छैनन् भन्नेमा म विश्वस्त छु । व्यापक सदुपयोग भएको छ । योजना छनौटमा मेरो मात्रै दबाब रहेको छैन, सर्वपक्षीय छलफलबाटै योजना बनाउने गरेका छौँ । तर, सांसद कोषको बजेट दुरुपयोग भएको पाइएमा सांसद पदनै बर्खास्त गरेर कडा कारवाही गर्नुपर्छ । सांसद विकासको संवाहक हो, विकाससँग जोडिनुहुदैन भनेर कल्पना गर्न सकिदैन ।

उबेला चितवन देशकै राजधानी बनाउने चर्चा चलेको थियो । त्यो बेला यहाँपनि देशकै राजधानी बनाउनुपर्छ भन्ने ‘लविङ’ मा हुनुहुन्थ्यो । अहिले त ३ नम्बर प्रदेशको राजधानी समेत नबन्ने अवस्था आयो नी ?

प्रदेशको भुगोल बन्दा चितवन केन्द्रमा परेन । देशको केन्द्रमा छौँ । देशकै राजधानी बनाउन हाम्रो बल त्यति पुगेन । प्रदेशको हुन्छ भन्ने आशा थियो । राजधानी नभएपनि विकासमा पछि पर्ने भन्ने होइन । मुम्बई, मधरास देशको राजधानी होइन, तर दिल्ली भन्दा कम महत्व राख्दैन । न्यूर्योक, मृलवर्न, सीड्नी राजधानी नभएतापनि विकासमा पछि छैनन् । चितवनलाई आर्थिक, शिक्षा, स्वास्थ्य, औद्योगिक हबका रुपमा चितवनले सम्भावना बोकेको छ । कालिकामा औद्योगिक क्षेत्र, बन्दैछ । डिपिआर बन्दैछ । यो बनेपछि चितवनकै प्रतिष्ठा बढाउँछ ।

संविधानबारे जानकारी गराउन ‘एक घर–एक संविधान’ को अभियान चलाउनुपर्छ भनेर प्रतिनिधिसभा बैठकमा बोल्नुभएको थियो, तर कार्यान्वयनमा आएन नी ?
संविधान निर्माणमा अर्बौ खर्च भएको छ । लाखौँ जनताको अभिमत पनि लियौँ । तर, जनताको अभिमत यसकारण ग्रहण ग¥यौँ, गरेनौँ भनेर जवाफदेही संविधानसभा बनेन । सुझाव कति ग्रहण भयो, कति भएन, तपाइहरुले हेर्नुस है हामीले यस्तो संविधान बनायौँ भनेर जनताको घरमा संविधान पनि पठाएनौँ। धेरै ठुलो कुरा थिएन । एक प्रति एक घरलाई दिने । मातृभाषामै तयार गरेर दिउँ भनेर भन्दै आएको छु । कानुन मन्त्रीलाई पनि भनेको छु । आगामी दिनमा यसमा गम्भीरताका साथ छलफल हुन्छ । यो गर्नैपर्छ । यो काममा सरकार लागोस् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति हुनुहुन्छ, थुप्रै नयाँ ऐन कानुनहरु बनेका छन् । विगत भन्दा जनताको पक्षमा भएका नयाँ प्रावधानहरु के के छन् ?
इतिहासमै परिकल्पनानै नभएका विषयहरु कानुनका रुपमा आएका छन् । कुनै नागरिक भोकै बस्नुनपर्ने, उसको खाद्य अधिकार हुने भन्ने कानुन बनायौँ । संविधानमा लेखेका थियौँ, कानुन पनि बनायौँ । राज्यसँग खान देउ भन्ने पाउने अधिकार दिइएको छ । बासस्थान छैन, बनाउन सक्ने अवस्था छैन भने बासस्थान देउ भन्न सक्ने अवस्था छ । न्यूनतम आधारभूत स्वास्थ्य माग गर्न सक्ने अवस्था छ । माध्यामिक शिक्षासम्मको निःशुल्क पाउने अधिकार छ । १ सय दिनको रोजगारी दिनुपर्ने, दिन नसके ५० दिनको बेरोजगार भत्ता दिनुपर्ने कानुनमा आएको छ । साउन २९ गतेसम्म १९ वर्षमा विवाह हुँदा वैद्य हुन्थ्यो । भदौ १ गतेदेखि २० वर्ष नपुगेसम्म गरिने कुनै विवाह वैद्य हुदैन । विवाह भैसकेको छ, अंशबण्डा, सम्बन्धविच्छेद पनि भएको छैन भने अर्को विवाह गर्न पाइदैन । बलात्कार गरेर हत्या गर्दा २० वर्ष जेल हुन्थ्यो । अब आजिवन जेल बस्नुपर्छ । ६ प्रकारका अपराधमा आजिवन काराबासको व्यवस्था भएको छ । छाउपडी प्रथा अब दण्डीत हुन्छ । विश्वलाई चमात्कारिक गराउने गरी कानुन बन्दा झण्डै ९९ प्रतिशत कानुन सर्वसम्मत पारित भएका छन् । १ सय ६५ कानुन सर्वसम्मत पारित भए ।

कानुन, न्याय तथा मानवअधिकार समितिले कस्ता कानुन बनाउँदैछ ? चूनौती के छन् ?

१ सय ७१ कानुन पास गरेर ‘हाउस’मा पेश भैसकेको छ । समितिमा प्रशासकिय अदालत सम्बन्धि विद्ययेक तुरुन्तै पास हुदैछ । मुलुकी संहितामा विभिन्न संसोधन ल्याउनुपर्ने देखिन्छ । चिकित्सक सम्बन्धि नमिलेको व्यवस्था मिलायौँ । निर्माण व्यवसायीको पनि आवाज उठिरहेको छ । अरु क्षेत्रगत माग पनि उठेका छन् । विगतमा पास भएका कानुनमा कहाँ कहाँ संसोधनको जरुरत छ, नयाँ कानुन निर्माण के के गर्ने भनेर कानुन आयोगसँग निरन्तर संवादमा छौँ । संविधान अनुकुलका केही नयाँ कानुन बनाउनुपर्ने छ । अन्तरप्रदेश परिषद् कसरी बनाउने, अन्तरप्रदेशको समन्वयकारी निकाय कसरी निर्माण गर्ने, प्रदेश प्रदेशबीचमा भएका विवाद, प्रदेश र स्थानीयतहबीचका विवादहरु, समाधानका उपाय के हुने, कस्तो संयन्त्र निर्माण गर्ने गरी कानुनको ड्राफ्टको चरणमा छ ।

बलियो सरकारले ल्याएको बजेट ‘पुरानो निरन्तरता’ जस्तो मात्रै देखियो नी ?

ठुलो ‘एमाउण्ट’ हामीसँग छैन । सामान्य प्रशासनिक खर्च बाहेक अरु नचल्ने आम्दानी छ । यस्तो परिस्थितिमा धेरै फड्को मार्ने स्थिति छैन । विद्युत ८ सय जति मेघावट उत्पादन छ । २५ सय मेघावट विद्युत उत्पादन गर्ने संकल्प छ । १ सय १२ वर्षमा नभएको कुरा ४ वर्षमा गर्ने भनेर संकल्पित भएका छौँ । यसैवर्ष ४ सय ५० मेघावट विद्युत जोड्ने लक्ष्य छ । बाटो विस्तार, नयाँ राजमार्ग पहिचान गरेर निर्माण हुँदैछ । धेरै ठुलो कुरा गर्नलाई हामीसँग बजेटनै छैन । दशैसम्ममा गौतम विमानस्थल भैरहवामा चलाउने छ । अर्को वर्ष पोखरामा, त्यसपछि निजगढमा चलाउने योजना छ । कृषकलाई सरसहयोग, युवालाई रोजगारी दिने कुरा छन् । चमात्कारि हुने कुरा त छैन, बजेट पनि छैन नी ।

बलियो स्थायी सरकार छ, कैयन विद्ययेकका कारण सरकार आलोचित भैइरहेको छ । सरकार विद्येयक बनाउँदा सरोकारवाला पक्षसँग किन छलफल नगरेको होला ?
सरकारले विद्येयक बनाउँदा कर्मचारी, मन्त्रीमात्रै बसेर बनाउने हुँदै होइन । जस्तो मिडिया काउन्सील विद्येयक बनाउँदा अनुभवीसँग राय सुझाव लिएर बनाउँदा के हुन्थ्यो र ? सांसदमा आइसकेपछि अब राय सुझाव लिने काम हुन्छ । ३ बील मात्रै प्राइभेट बीलका रुपमा पारित भएका छन् । अरु सबै गर्भमेन्ट बिल छन् । जसका लागि कानुन बनाउने हो, उसका लागि खुशी बनाएर बनाउनुप¥यो नी । त्यो कुरामा सरकार चुकेको छ । सरकराले विद्ययेक ल्याउनु उसको दायीत्व हो । कहिँकतै कमजोरी रहेछ भने सच्याउन पाइन्छ नी । सांसदहरु पनि छन नी । नेकपाले कुनैपनी बीलमा ह्रवीप जारी गर्दैन । सरकारले ल्याउँदैमा सर्मथन होइन । गुठी विद्येयक ल्याउन सरकारलाई संविधानलेनै दायीत्व तोकेको हो । तर, ल्याउँदा सरोकावालासन्ग बढी छलफल गरेर ल्याएको भए यसरी फिर्ता लिनुपर्थेन । फिर्ता नलिएपनि सांसदले जनताका भावना बोल्थ्यौँ नी । विद्ययेकलाई परिमार्जन गर्ने अधिकार त ‘पार्लिमेन्ट हाउस’ लाई छ ।

नेकपा अध्यक्ष प्रचण्ड सरकार पुर्नगठन हुन्छ भन्दै अभिव्यक्ति दिदै हिडेको पाइन्छ । सरकार फेर्नुपर्छ भन्ने आवाज उठेका छन् । कतै सरकारका कामप्रति जनतामा नैराश्यता छाएको हो ?

सरकारको मुल नेतृत्व तत्काल फेरिदैन । तर मन्त्रीहरु त कार्यक्षमताका आधारमा मूल्यंकन गर्नुप¥यो नी । परिणाम दिन नसक्ने, आँफुले ल्याएका विद्येयकमा ‘कन्फिेण्ट’ छैन, अध्ययन छैन, सरोकारवालासँग परामर्श लिएको छैन भने ती मान्छे राखिरहनु हुदैन, त्यसमा परिवर्तन गर्नुपर्छ । उनीहरुको कामको परिणाम कस्तो आयो भनेर मुल्यांकन गर्नुपर्छ । प्रधानमन्त्री फेर्ने कुरा कतै छैन । पूर्वप्रधानमन्त्री प्रचण्डले विगतमा सहमति छ भन्ने कुरा उठाइरहनुभएको छ । हाम्रो तहसम्म त्यो सहमति आएको छैन । त्यस्तो सहमति भएको छ भने आन्तरिक छलफलको विषय हुनसक्ला ।

तत्कालिन एमाले चितवनको अध्यक्ष पनि हुनुहुन्थ्यो । हाल प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । नेकपा चितवनको सचिवको जिम्मेवारी दिइएको छ । आत्मग्लानी भएको छैन ?
४१ सालमा कम्युनिष्टको सपथ खाँदा टुटफुट कम्युनिष्ट देखेको हो । एकतावद्ध कम्युनिष्ट बनोस् भन्ने सपना देखेको व्यक्ति भएकाले यो एकताप्रति उत्साह, उमंग र उर्जा छ । जिम्मेवारी कुरा गौण विषय हो । म धेरै निरुत्साहीत छैन । आजभन्दा १०–१२ वर्ष पहिल्यै सचिव भन्दा माथिल्लो पदमा उपाध्यक्षका रुपमा काम गरिसकेको, अध्यक्ष भैसकेको थिएँ । चितवनमा एकलौटी चुनाव जिताएर ७ स्थानीय तहमा ६ वटामा तत्कालिन एमालेको ‘मेजोरिटी’ छ । त्यो पार्टीको अध्यक्ष म सचिवमा बस्दा पूर्व एमालेकाले पीडाबोध गर्नुभएको छ । तर, प्रचण्डको गृहजिल्ला हो । यो जिल्लाको पार्टीमा विवाद छैन भन्ने सन्देश दिन जरुरी छ । कहिलेकाँही मर्का, अन्यायलाई पनि सहदै अमृत मानेर पिउनुपर्छ । त्यसलाई मुख्य मुद्धा बनाएको छैन ।

कांग्रेस प्रमुख प्रतिपक्षी हो । तर, सरकारले निकै चिढाउने काम गरेको विश्लेषण हुन थालेका छन् नी ?

संविधान निर्माणमा तीन मुख्य दलनै मिलेका थिए । संविधान कार्यान्वयनमा पनि मिल्नुको विकल्प छैन । संविधान आइसकेपछि केपी ओलीलाई प्रधानमन्त्री, शुशील कोइरालालाई राष्ट्रपति र माओवादीबाट एउटा नेतृत्व लिएर चुनावसम्म जाउँ । १५ वर्षको साझा सरकारको परिकल्पना भएको थियो । तर, कांग्रेसले मानेन । कांग्रेसले सिद्धान्त प्रतिपादन गरिदियो– प्रमुख प्रतिपक्ष चाहिन्छ, सबैलाई मिलाएरमा सरकारमा जान सकिदैन । शुशील कोइराला परास्त हुने गरी चुनावमा लड्नुभयो केपी ओलीसँग । त्यहीबाट सहकार्यको यात्रा कांग्रेसल टुटायो । अब समृद्ध नेपाल र खुशी नेपालीको यात्रा छ । कांग्रेसलाई बाहिर राखेर सरकार एकलौटी ढंगले चलाउँछौँ भनेर कल्पना गर्नुहुदैन । राष्ट्रिय सहमतिको सरकार त बन्दैन । नेकपालाई मात्रै सरकार चलाउ भनेर जनताले मत दिएका छन् । त्यसैले सरकारमा सहभागि गराउन सकिदैन । कांग्रेसले ०४८ सालमा बहुमतमा थियो, त्यो बेला विपक्षिलाई सार्वजनिक लेखा समितिको अध्यक्ष दिनलाई ९ महिनासम्म झुलाएको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाका केही समितिमा समेत सभापति कांग्रेसलाई दिइएको छ । सत्तामा कांग्रेसहुँदा विपक्षलाई निर्मम, निरुंकुश व्यवहार गरेको थियो । तर, अहिलेको सरकारले त्यस्तो गरेको छैन । चिढाएको छैन ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

“बाँच्न बिर्सेका पलहरु”
फिचर
“बाँच्न बिर्सेका पलहरु”

“ बाँच्न बिर्सेका पलहरु “ मेरा आसाहरु पनि चौरिदै गाको छ मेरो अनुहारको छाला चौरीएझै मेरा सपनाहरु पनि धुवालिदै गएको छ मेरा आखाका ज्योती धुवलिएझै विज्ञापन तर खै किन किन मेरा आसक्ती अझै निस्तेजिने ठाँउमा अझै पानी पर्दा च्याउ उम्रे झै उमृएछ मेरा सार अङ्गहरु मेरा नियन्त्रणभन्दा बहिरिन थलेछ यो जिवनको चुहा बिल्लीको दैडमा मैले मेरै सपनाहरु बाच्न बिर्से पहिले पैसाको पछाडी दौडदा दौडदै सारा शरीर लुटाए अब फेरि बिग्रेको शरीरबनाउन सारा पैसा लुटाए यो जिवन जिउन नपाउँदै यो सारा जीवन गुमाए खै किन किन भुझनै सकिएन यो जीवन अनि आफनै शरीरलाई शुन्यताबाट थालिएको यो जिवनको यात्रा शुन्यतामै टुंगियो सपनाहरु बाँच्न नपाउदै चङ्गाको धागोनै चुडियो मलाइ ताजुब लाग्ने एउटै कुरा छ फेरि के को लागि मैले यो यत्रो दौड के को लागि गरे त यस्तो दौड जस्को न जित छ नत हार नै मलाइ पहिले केवल गन्तब्यको अन्त मात्र देखिन्थ्यो बाटाका सारा…साना साना कुराहरु त मैले नियाल्नै बिर्से छु यति सम्म कि त्यहाँ बाटामा पैतला तलका हिरलाइ नि ढुङ्गा ठानेर कुल्चे पहिले यो अन्तको हिरा मत्रै देखिन्थ्यो अब यहाँ आइ पुग्दा यो ,त्यो पारस्मनी जस्तो लाग्छ जस्ले बाटाका सारा ढुङालाइ हिरा बनौने चकरमा आफै पो ढुङ्गा बने छ अब बल्ल बुझे परस्मनी त गन्तब्यको बाटो पो रहेछ अब पचुताउनु बाहेक केहि रहेन बाटो त नियल्नै बिर्से मलाइ लाग्छ म यस्तो गन्त्व्यको खोजिमा थिए जस्को अन्न्त खोज्द खोज्दै आफ्नै अन्न पोआएछ समय बचाउने चकरमा केहे गरिन अब त न गरेको काम छ न त समय नै त्यति बेला खै मलाइ कहाको हतार हुन्थ्यो मेरो अनुभव साथ साथ मेरो दृस्टी नि आधा आध भको थियो मेरो नजरमा बसन्तको नविनता नि शिशिरको उजाड झै लाग्थ्यो प्रकृतिको सुन्दर्ताको बिस्तार नि मलाइ धुवाँको रवाफ झै लाग्थ्यो यहाँ सम्म कि कोकिल्को मिठासयुक्त गित पनि मलाइ गाली अनि disturb जस्तो लाग्थ्यो बाल्ल थाहा पाए मैले बाँच्नै बिर्से अब सम्झेर पनि के गर्ने त्यसैले यार जीवन को हरेक पल को आनन्द लिनु पर्छ किनकी सब पल जिवनमा एक पल्ट मात्र आउँछ।।। -पंकज

  • ४ महिना अगाडि

भर्खरै

सिफारिस