पर्वत: पर्वतको महाशिला गाउँपालिकाले सुत्केरी महिलालाई कुखुरा र घीउ उपहार दिने कार्यक्रम कार्यान्वयन गरेको छ। सुत्केरी महिला र शिशुको स्वास्थ्यका लागि गाउँपालिकाले ‘अध्यक्ष कोशेली कार्यक्रम’ सुरु गरेको हो।
गाउँपालिकाभित्रका सबै वडामा लागू हुने गरि गाउँपालिकाले यो कार्यक्रम सुरु गरेको हो। कार्यक्रम अन्तर्गत सुत्केरीको घरमा पुगेर २ हजारको घीउ र कुखुराको भाले दिने कार्यविधि रहेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।
अध्यक्ष पौडेलका अनुसार सुत्केरी हुँदा महिलाहरुले पौष्टिक आहारा नपाउने गरेको अवस्थालाई मध्यनजर गर्दै यो कार्यक्रम ल्याईएको हो।यस्तै गाउँपालिकाले जिरो होम डेलीभरि कार्यक्रम पनि सुरु गरेको छ।स्वास्थ्य संस्थामा मात्रै प्रसूति सेवा लिने गरि सबै पूर्वाधार तयार पारिएको र अबदेखि घरमा हुने सुत्केरी संख्या शून्यमा झार्ने लक्ष्य लिईएको गाउँपालिकाका प्रवक्ता जीवन उचै ठकुरीले जानकारी दिए।
गाउँपालिकामा जनप्रतिनिधी आउनुपूर्व लुंखु प्राथमिक स्वास्थ्यकेन्द्र र होस्राङ्गदी स्वास्थ्य चौकीमा मात्रै बर्थिङ्ग सेन्टर रहेका थिए। जनप्रतिनिधी आएपछि थप ४ वटा वडामा गाउँपालिकाले नै बर्थिङ्ग सेन्टर स्थापना गरेको छ।
फेसबुक प्रतिक्रियाहरु