शुक्रबार, कार्तिक १४, २०७७
जोडिनुहोस
  • होमपेज
  • विचार/ब्लग
  • बुबाबिनाको तीन दशक
विचार/ब्लग

बुबाबिनाको तीन दशक

रमेश वस्ताकोटी

बुबासँगको कुनैं सम्झना मानसपटलमा छैंन । म ३ वर्ष हुँँदा बुबा भगवानको प्यारो हुनुभएको भन्ने सम्म थाहा छ । बुबा कस्ता थिए, उनको गतिविधि कस्तो थियो , उनी मलाई कति माया गर्थे , म जन्मदा उनि कति खुसी भए होलान् । यस्ता कुराहरु सधैं मनमा खेलिरहन्छ ।
हरेक वर्ष बुबाको मुख हेर्ने औंसीका दिन म स्तव्ध हुन्छु । खुसी हुनैं सक्दिन । मनमा लागिरहन्छ, हाम्रा बा कस्ता थिए होलान् । जब कुनैं बाबुले आफ्नो सन्तानलाई काँधमा बोकेर हिडेको देख्छु । अनि सम्हालिन सक्दिन । निष्ठुरी दैवले म बाट त्यो पितृप्रेम किन खोसेको होला भन्ने लागिरहन्छ, अनि भगवान् भन्ने प्रतिनैं वितृष्णा जागेर आउँछ । बुबाको स्नेह र भरोसाको छहारी कहिल्यैं महसुस गर्न नपाएको म जस्तालाई यस्ता दिनले पटक पटक रुवाइदिन्छ । हुन त म जस्तैं बाल्यकालमा नैं आफ्नो बुबासमेत नचिनि बुबा गुमाउन परेको सयौं साथीहरु हुनुहुन्छ होला । तर, पनि आफ्नैं पीडा सबैं भन्दा ठूलो लाग्ने रैंछ । बुबा बिनाको यो ३२ वर्ष बाचिसकेपछि आज महसुस भएको छ बाबाले एकपटक पनि हात नथामी आफ्नो जीवनका हरेक संघर्ष आफैं गर्नुपर्दाको पीडाले कति थिचिएको छु म ।

हुन त मेरो देवीतुल्य आमा हुनुहुन्छ जसले बाबा र आमाको माया एकैंसाथ दिएर मलाइ हुर्काउनुभयो । अनेक संघर्ष गरेर उनले हामीलाई आफ्नो खुट्टामा उभाईदिनुभएको छ तर कसैंले बा कता हुनुहुन्छ, बाले के गर्नु हुन्छ भनेर सोध्दा मन चसक्क हुन्छ । स्कुलमा भर्ना हुने बेलामा मास्टरले बा को नाम के हो भनेर सोधे , बा भन्ने कुनैं मान्छे हुन्छ भन्ने सम्म न थाहा पाएको म टुहुरोलाई बा को नाम के थाहा हुनु, आमाले आसु परेलिको डिलमा राखेर मेरो बाको नाम स्कुलको भर्ना खातामा लेखाइदिएको सम्झना छ ।

विज्ञापन

पछि साथीहरु सबैंको घरमा बा देख्दा विस्तारैं बा भन्ने मान्छे हुदा रैंछन् , उनले काँधमा राखेर बोक्दा रैंछन् , हात समाएर हिडाउदा रैंछन् भन्ने थाहा भयो अनि मैंले आमालाई सोधेको थिए रे , आमा हाम्रो घरमा बा किन नभएको बिचरा आमालाई कति पीडा बोध भयो होला । अहिले आफैंलाई धिक्कार्छु मैंले आमाको मन किन दुखाए होला भनेर कहिले काही साथीहरु बाको गोजीबाट दुई चार रुपैंया चोरेर ल्याउथे , मलाई पिपलमेठ खुवाउथे , मलाई पनि पैंसा चोर ल्याउन र मकैंको फुला खुवाउन भन्थे , म चाहि उनीहरुलाई हाम्रो बा लाहहुरमा छन् आएपछि चोरौंला हैं भनेर भन्थे किनकी मैंले त्यही बुझेको थिए र बुझाइएको थियो ।

नौं महिनाकी बैंनीलाई छाडेर बा परलोक जानुभएको थियो । बैंनी रुदा मैंले धेरैं नरो अहिले बाले पापा ल्याइ दिनुहुन्छ भन्दा बैंनी रुन छाड्थी बिचरी डेढ दुई वर्षकी मेरी बैंनीलाई बाबाले ल्याइदिएको पापा खाने कति रहर रहेछ । तर, त्यस्तो दिन हामीबाट दैंबले पहिलेनैं खोसीसकेको थियो । कहिले काही बालाई सपनामा देख्छु , टाउको सुम्सुम्याएको, उ त्यो बाटो जा भनेर भनेको देख्छु , आजकल लाग्छ बाले आफ्नो प्रेम सपनामा आएर पनि दर्शाएका छन्। गलत बाटोमा नहिड् भनेर सत्मार्ग हिड्न प्रेरित गरिरहनु भएकैं छ ।

पिताबिनाको बाटो लडखडाउन सक्छ भन्छन् । जीवनमा कयौं पटक यस्तो महसुस मलाई पनि भएको छ । तर, पनि बा र आमाको दुबैं भूमिका निर्वाह गर्ने मरो देवितुल्य आमाको कारण अहिले सम्म लडखडाएको छैंन । पिताजी बिनाको यो ३२ वर्ष कसरी गुजारियो होला, हरेक पटक जब समस्यामा पर्छु बाको याद आउछ जसलाई मैंले आमाले जोगाएर राखेको व्ल्याक एण्ड ह्वाइट फोटोमा मात्र देखेको छु ।
कुनैं बेलाको दसैँमा अरुको बाले खसि डोर्याएर ल्याएको देख्दा हाम्रानी बा भको भए यसैं गगरी खसी डोर्याएर मलाई पानी तताउन भन्थे होलान् भन्ने लाग्थ्यो तर आजभोलि संसारको रित बुझेको छु । पीडा हुन्छ तर सम्हालिन सिकेको छु । बा बिनाको यो ३२ बर्षले सम्हालिन सिकाएको छ । आफैं संघर्ष गर्न सिकाएको छ । परनिर्भरता हटाएको छ । जे गरेनि आफैं गर्न पर्छ भन्ने भावनालाई मजबुत बनाएको छ । हिम्मत बढाएको छ । साहस बढाएको छ । बा बिनाको ३२ वर्षले सिकाएको यिनैं कुराहरुलाई आत्मसात् गर्दे बाँचिरहेको छु । बा मानिसहरुको भरोषाको लठ्ठी हुन् । बा हुनेहरुले बाको यो भरोषा प्राप्त गर्न नचुकुन् ।
फार्दस् डे को सबैंलाई शुभकामना ।।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

“बाँच्न बिर्सेका पलहरु”
फिचर
“बाँच्न बिर्सेका पलहरु”

“ बाँच्न बिर्सेका पलहरु “ मेरा आसाहरु पनि चौरिदै गाको छ मेरो अनुहारको छाला चौरीएझै मेरा सपनाहरु पनि धुवालिदै गएको छ मेरा आखाका ज्योती धुवलिएझै विज्ञापन तर खै किन किन मेरा आसक्ती अझै निस्तेजिने ठाँउमा अझै पानी पर्दा च्याउ उम्रे झै उमृएछ मेरा सार अङ्गहरु मेरा नियन्त्रणभन्दा बहिरिन थलेछ यो जिवनको चुहा बिल्लीको दैडमा मैले मेरै सपनाहरु बाच्न बिर्से पहिले पैसाको पछाडी दौडदा दौडदै सारा शरीर लुटाए अब फेरि बिग्रेको शरीरबनाउन सारा पैसा लुटाए यो जिवन जिउन नपाउँदै यो सारा जीवन गुमाए खै किन किन भुझनै सकिएन यो जीवन अनि आफनै शरीरलाई शुन्यताबाट थालिएको यो जिवनको यात्रा शुन्यतामै टुंगियो सपनाहरु बाँच्न नपाउदै चङ्गाको धागोनै चुडियो मलाइ ताजुब लाग्ने एउटै कुरा छ फेरि के को लागि मैले यो यत्रो दौड के को लागि गरे त यस्तो दौड जस्को न जित छ नत हार नै मलाइ पहिले केवल गन्तब्यको अन्त मात्र देखिन्थ्यो बाटाका सारा…साना साना कुराहरु त मैले नियाल्नै बिर्से छु यति सम्म कि त्यहाँ बाटामा पैतला तलका हिरलाइ नि ढुङ्गा ठानेर कुल्चे पहिले यो अन्तको हिरा मत्रै देखिन्थ्यो अब यहाँ आइ पुग्दा यो ,त्यो पारस्मनी जस्तो लाग्छ जस्ले बाटाका सारा ढुङालाइ हिरा बनौने चकरमा आफै पो ढुङ्गा बने छ अब बल्ल बुझे परस्मनी त गन्तब्यको बाटो पो रहेछ अब पचुताउनु बाहेक केहि रहेन बाटो त नियल्नै बिर्से मलाइ लाग्छ म यस्तो गन्त्व्यको खोजिमा थिए जस्को अन्न्त खोज्द खोज्दै आफ्नै अन्न पोआएछ समय बचाउने चकरमा केहे गरिन अब त न गरेको काम छ न त समय नै त्यति बेला खै मलाइ कहाको हतार हुन्थ्यो मेरो अनुभव साथ साथ मेरो दृस्टी नि आधा आध भको थियो मेरो नजरमा बसन्तको नविनता नि शिशिरको उजाड झै लाग्थ्यो प्रकृतिको सुन्दर्ताको बिस्तार नि मलाइ धुवाँको रवाफ झै लाग्थ्यो यहाँ सम्म कि कोकिल्को मिठासयुक्त गित पनि मलाइ गाली अनि disturb जस्तो लाग्थ्यो बाल्ल थाहा पाए मैले बाँच्नै बिर्से अब सम्झेर पनि के गर्ने त्यसैले यार जीवन को हरेक पल को आनन्द लिनु पर्छ किनकी सब पल जिवनमा एक पल्ट मात्र आउँछ।।। -पंकज

  • ४ महिना अगाडि

भर्खरै

सिफारिस