मंगलबार, साउन २०, २०७७
जोडिनुहोस
  • होमपेज
  • भिडियो
  • प्रकाश सपुत र शान्ति श्री परियारको गीत ‘गलबन्दी’लाई करोड भ्युज
भिडियो

प्रकाश सपुत र शान्ति श्री परियारको गीत ‘गलबन्दी’लाई करोड भ्युज

काठमाडौं

प्रकाश सपुतको पछिल्लो गीत ‘गलबन्दी’ ले युटुबमा छोटो समयमै करोड भ्युज पाएको छ ।मंगलबारसम्म गलबन्दीको गीतको भ्युज एक करोडभन्दा बढी पुगेको छ । गलबन्दी नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका गीतमध्ये सबैभन्दा छोटो अबधिमा एक करोड भ्युज प्राप्त गर्न सफल भएको छ ।

प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको यो गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत बनेको छ । प्रकाश सपुतको निर्देशनमै निर्माण भएको गीतमा प्रकाशसहित अञ्जली अधिकारीलाई फिचरिङ गरिएको छ ।

विज्ञापन

यो गीत लामो समयसम्म ट्रेन्डिङको नम्बर एकमा पर्न सफल भएको थियो ।प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लोकप्रिय भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

लोकप्रिय समाचार

भर्खरै

सिफारिस